साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

माटो मेरो कर्म मेची काली मेरो हर नेपालीको प्रगतिमा ताली मेरो अटाउ सबैको मनमा बनी साझा खुशी मधेशको उर्वर जमिन कोदाली मेरो ।

Nepal Telecom ad

विवेक दुलाल क्षेत्री :

१.
जनता सिटामोल पाउँदैन यो देशमा विजोग छ
कहिल्यै समृद्धि आउँदैन यो देशमा विजोग छ
नेतृत्वले घोटला गरेर मुलुक टाट पल्टाउँदो रहेछ
युवाहरूको पंक्ति अटाउदैन यो देशमा विजोग छ ।

२.
यहाँ सबै थोक छ केही नै छैन भन्छौ
यहाँ शान्ति चोक छ केही नै छैन भन्छौ
गरिबी बाहेक अरु के छैन र मेरो मित्र !
पवित्रता श्लोक छ केही नै छैन भन्छौ ।

३.
गुनासो र असन्तुष्टि नाफा होइन
आरोप र गलफती भाका होइन
उभिनु छ नयाँ शिराबाट अब हामीले
पलायन र अदुरदर्शी भाषा होइन ।

४.
माटो मेरो कर्म मेची काली मेरो
हर नेपालीको प्रगतिमा ताली मेरो
अटाउ सबैको मनमा बनी साझा खुशी
मधेशको उर्वर जमिन कोदाली मेरो ।

५.
यो समयको निरन्तरता आरधना तिमी
देदीप्यमान मुखमण्डल कामना तिमी
शब्दको बागमा नपसे पनि हुने मैले
सार्थक जिवनको अर्थ र गहना तिमी ।

०००
दमक नपा – ७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समय, सपना र समाज

समय, सपना र समाज

विवेक दुलाल क्षेत्री
लालायित

लालायित

विवेक दुलाल क्षेत्री
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x