साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध विलौना

बुढो भन्दै हेप्दै, कति कपट बोली अधरमा? उपेक्षाका चाला, झन कति गढेको नजरमा? गलेका नौ नाडी, गरम पसिनाले लतपति गुनासो के सुन्थे, बरु कटक हुन्थ्यो अझ मति !!

Nepal Telecom ad

प्रकाश अर्याल :

कुनै बेला यस्तो घरभरि भएको जगजगी
सबै हुन्थे साथै विपिन वन बास्ना मगमगी
भुलेकाथ्यौँ हामी सकल घर लाग्थ्यो सुरपुर
थियो गाढा माया हरबखत यौटै सुमधुर !!१!!

थिए छोरा छोरी छुनुमुनु गरेका घर भरी
गए टाढा छाडी मन अति रुने भो धरधरी
बिझेको त्यो नाता धिपधिप बलेको झलक भो
भिजेको त्यो गाता अब सब हरायो टलक त्यो !!२!!

बिरामी पर्दामा तन बदन गल्दो थर थर
रिसाए जो जो थे अबुझ दिल कस्तो पर पर
नबज्दो त्यो बाजा किन बहलिँदो हो मन यहाँ
झझल्को आँखाका सुखसयल कल्पी अब कहाँ ? !!३!!

छ पैसा गोजीमा, लहड रमिता छैन रसको
जता छाम्यो रित्तो, गतिविधि कुनै छैन वशको
छ कस्तो दिग्दारी, रस तपतपी भो नयनमा
हवेली बिच्छ्यौना, तन चसक घोच्ने सयनमा !!४!!

बुढो भन्दै हेप्दै, कति कपट बोली अधरमा?
उपेक्षाका चाला, झन कति गढेको नजरमा?
गलेका नौ नाडी, गरम पसिनाले लतपति
गुनासो के सुन्थे, बरु कटक हुन्थ्यो अझ मति !!५!!

सधैँ नै कस्तो यो विरह गहिरो घात सहने
छ स्वाँ स्वाँ सुस्केरा द्रवित गह भै आँसु रहने
जहाँ छौ उम्दा हौ विजयपथ पक्डीकन बढी
म फर्की हरौँला पर सगरबाट हर घडी !!६!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
अँध्यारो टिक्टक लाइभ

अँध्यारो टिक्टक लाइभ

प्रकाश अर्याल ख
बा-आमा

बा-आमा

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
टिकटक संसार

टिकटक संसार

प्रकाश अर्याल ख
0
Would love your thoughts, please comment.x
()
x