साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्यारो टिक्टक लाइभ

बस्दा लाईभमा उदास बिचरा, प्रेमी र लोग्नेहरू धेरै छन् उपमा सखाप घर डढी, सन्त्रास भोग्नेहरू मस्की मात अनेकका तवरले, इन्बक्समा डाक्दछन् जे जस्ता अबगालका पल सबै, चातुर्यले ढाक्दछन् !!

Nepal Telecom ad

प्रकाश अर्याल :

 

यो आकर्षणको अनेक रमिता, सञ्जालको बन्धन
तान्दो यो विपरीत लिङ्ग वयका, लठ्याउँदै जोवन
आफ्नो रूप परी र देह तरुनो, मान्दा स्वयम् उर्वशी
गाला रिङ्कल छन् न बैँस झरिलो, ठान्दा भए षोडशी !!१!!

भद्दा त्यो अनुहार होस् मनुजको, ईफेक्टले सुन्दर
डल्ली बा टटरो शरीर तिनको, देख्ने कहाँ को छ र ?
कैले भेट हुने दुवै मिलनका, स्वप्ना सदा देख्दछन्
आऊ साथ समीपमा अब भनी, नाना कुरा लेख्दछन् !!२!!

सन्नाटा रहँदो छ रात गहिरो, लाली दली लोलिए
छाडा शब्द सबै विचार नगरी, उन्मत्त भै बोलिए
मायाको छ नशा अतृप्तपन त्यो, बढ्दो छ यो रातमा
आफ्ना काम सबै भसक्क अधुरो, बेकाबुको मातमा !!३!!

बस्दा लाईभमा उदास बिचरा, प्रेमी र लोग्नेहरू
धेरै छन् उपमा सखाप घर डढी, सन्त्रास भोग्नेहरू
मस्की मात अनेकका तवरले, इन्बक्समा डाक्दछन्
जे जस्ता अबगालका पल सबै, चातुर्यले ढाक्दछन् !!४!!

लौ भाईरलको प्रचार तरिका, बैँसालु भै बस्दछन्
छिल्लिन्छन् नखरा गरी कति अझै, व्यापारमै मस्तछन्
मेरो प्यार भनी फुरुङ्ग रहँदै, बोलाउने माहिर
हात्ती दन्त चपाउने अलप त्यो, देखाउने बाहिर !!५!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
वृद्ध विलौना

वृद्ध विलौना

प्रकाश अर्याल ख
बा-आमा

बा-आमा

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
टिकटक संसार

टिकटक संसार

प्रकाश अर्याल ख
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x