साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटक संसार

यो यौटा गतिशील माध्यम बनी, संसारमा फैलिने छाडा भै मद मातका भडकले, श्रद्धा सबै मैलिने भित्री आशय स्वच्छ सौम्य रहँदा, सम्मान जो मिल्दछ शिष्टाचार समेटिए यदि भने सानिध्य त्यो खुल्दछ

Nepal Telecom ad

प्रकाश अर्याल :

कस्तो टिक्टक साँच्चिकै प्रिय भयो, नाच्दा भए नर्तकी
खुल्दै गायनमा छ दृश्य रमिता, उल्लासको निर्झरी
राम्रो भै सबथोकले चकित यो, विज्ञानको दर्पण
स्वीकार्दै यसको कमाल नतिजा, गर्छन् कला अर्पण !!१!!

खिच्दै दृश्य सफा निमेषभरमै, आफैँ छ यो सर्जक
पर्दाभित्र अनेकका प्रविधि छन्, लाग्दो बडो रोचक
गुञ्जन्छन् प्रिय गीतका सिलसिला, उत्साह भर्दै कन
धेरै ख्याति बढाउने पहल यो, नौलो भयो जीवन !!२!!

आफैँ नायक भै छ सान यसमा, आफैँ त निर्देशक
चल्दा सिस्टमले स्वचालित सबै, लाग्दोछ उत्प्रेरक
बाँड्दा ज्ञान कला पुगेर सजिलै, संसारले देख्दछ
सच्चा खोज र लाभका चयनले, दोधार जो छेक्दछ !!३!!

आफ्ना सीप अदा अनेक लयमा, खिच्दै गए तस्विर
सिङ्गो विश्वसँगै खुलस्त रहने, बन्दैगयो आखिर
जानेका उपयोगका विषयका, सञ्चार राम्रो रह्यो
घोडा दौड सरी लमक्क गतिले, निर्बाध डुल्दो भयो !!४!!

ठट्यौली प्रतिभा र गन्थन सबै, हिस्सा भयो हर्षको
बूढो वा तरुनो हरेक मनको, प्यारो सबै वर्गको
आम्दानी कतिले गरेर धनको, सन्तुष्टि त्यो भेट्दछन्
चर्केको मनको उराठपनको, नैराश्यता मेट्दछन् !!५!!

यो यौटा गतिशील माध्यम बनी, संसारमा फैलिने
छाडा भै मद मातका भडकले, श्रद्धा सबै मैलिने
भित्री आशय स्वच्छ सौम्य रहँदा, सम्मान जो मिल्दछ
शिष्टाचार समेटिए यदि भने सानिध्य त्यो खुल्दछ !!६!!

जे जस्ता जति धारणा पकड छन्, पोखिन्छ चारैतिर
प्यारो बन्न सकोस् समाज दुनियाँ, कैले नझुक्दै शिर
चौतारो जनको बनोस् पिपलझैँ, सुस्ताउने टिक्टक
काँडाझैँ नरहोस् कलङ्क नबनोस्, छाओस् सबैको हित !!७!!

०००
अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
वृद्ध विलौना

वृद्ध विलौना

प्रकाश अर्याल ख
अँध्यारो टिक्टक लाइभ

अँध्यारो टिक्टक लाइभ

प्रकाश अर्याल ख
बा-आमा

बा-आमा

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x