साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योगदान

“हेर्नुस् नगरवासीहरू हामीले अथक मिहिनेत गरेर यो महत्वपूर्ण काम सम्पन्न गर्न सफल भएका छौँ । हाम्रो पार्टीको महत्वपूर्ण योगदान रहेको छ । हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीबाट पानी ल्याएर नगरवासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ ।”

Nepal Telecom ad

किशन पौडेल :

मन्त्रीहरूको उपस्थितिमा तामझाम साथ खानेपानी उद्घाटनको भव्य कार्यक्रम सम्पन्न हुँदै थियो ।

काकाकुल नगरवासीहरूको ठूलो सपना आज दसकौंपछि पूरा हुन गइरहेको थियो । सपना देख्ने कैयौँ नगरवासीहरू पानी आन्दोलनमै सहिद भइसकेका थिए । नेताहरूको लागि चुनावताका आकर्षक नारा पानी नै हुने गर्थ्यो । पानी राजनीतिले धेरै चप्पलछाप नेताहरू महत्वपूर्ण ठाउँमा पुग्न सफल भएका थिए ।

पानीको धारा खोलियो । उद्घाटनको शिलास्तम्भमा सुनौला अक्षरमा तिनै मन्त्रीको नाम कुदेको थियो । धाराबाट पानी तरर झर्न थाल्यो । ताली परर बज्न थाले । सबैको अनुहारमा खुसी र चमक देखिन्थ्यो । पानी मन्त्रीले गर्व साथ छाती फुलाएर भाषण दिँदै थिए- “हेर्नुस् नगरवासीहरू हामीले अथक मिहिनेत गरेर यो महत्वपूर्ण काम सम्पन्न गर्न सफल भएका छौँ । हाम्रो पार्टीको महत्वपूर्ण योगदान रहेको छ । हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीबाट पानी ल्याएर नगरवासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ ।”

सभाको एक कुनामा फाटेको जुत्ता र मैलो इस्टकोट लगाएका एक बृद्ध चुपचाप तिनीहरूको गर्विलो भाषण सुनेर भावुक हुँदै थिए । दसकौँदेखि दुर-दराजको मुहानबाट सुरूङ खनेर यो सहरसम्म पानी ल्याउँदा उनी वृद्ध र अशक्त भइसकेका थिए ।

०००
खुसी लघुकथासङ्ग्रह (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x