सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

योगदान

“हेर्नुस् नगरवासीहरू हामीले अथक मिहिनेत गरेर यो महत्वपूर्ण काम सम्पन्न गर्न सफल भएका छौँ । हाम्रो पार्टीको महत्वपूर्ण योगदान रहेको छ । हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीबाट पानी ल्याएर नगरवासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ ।”

Nepal Telecom ad

किशन पौडेल :

मन्त्रीहरूको उपस्थितिमा तामझाम साथ खानेपानी उद्घाटनको भव्य कार्यक्रम सम्पन्न हुँदै थियो ।

काकाकुल नगरवासीहरूको ठूलो सपना आज दसकौंपछि पूरा हुन गइरहेको थियो । सपना देख्ने कैयौँ नगरवासीहरू पानी आन्दोलनमै सहिद भइसकेका थिए । नेताहरूको लागि चुनावताका आकर्षक नारा पानी नै हुने गर्थ्यो । पानी राजनीतिले धेरै चप्पलछाप नेताहरू महत्वपूर्ण ठाउँमा पुग्न सफल भएका थिए ।

पानीको धारा खोलियो । उद्घाटनको शिलास्तम्भमा सुनौला अक्षरमा तिनै मन्त्रीको नाम कुदेको थियो । धाराबाट पानी तरर झर्न थाल्यो । ताली परर बज्न थाले । सबैको अनुहारमा खुसी र चमक देखिन्थ्यो । पानी मन्त्रीले गर्व साथ छाती फुलाएर भाषण दिँदै थिए- “हेर्नुस् नगरवासीहरू हामीले अथक मिहिनेत गरेर यो महत्वपूर्ण काम सम्पन्न गर्न सफल भएका छौँ । हाम्रो पार्टीको महत्वपूर्ण योगदान रहेको छ । हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीबाट पानी ल्याएर नगरवासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ ।”

सभाको एक कुनामा फाटेको जुत्ता र मैलो इस्टकोट लगाएका एक बृद्ध चुपचाप तिनीहरूको गर्विलो भाषण सुनेर भावुक हुँदै थिए । दसकौँदेखि दुर-दराजको मुहानबाट सुरूङ खनेर यो सहरसम्म पानी ल्याउँदा उनी वृद्ध र अशक्त भइसकेका थिए ।

०००
खुसी लघुकथासङ्ग्रह (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
बा

बा

किशन पाैडेल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी