साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाको सम्झना

यी हाम्रा घरका वरिष्ट कवि हुन्, संसारमा चर्चित देख्दा ईङ्लिसमा अनेक रचना, लाग्दो भयो गर्वित मीठो भाव भरी छ रम्य कृति ती, ठेली भयो मोहक विद्यार्थी जनले अपार मनले, गर्दा भए शोधक !!४!!

Nepal Telecom ad

प्रकाश अर्याल :

लक्ष्मी हौ अनमोलका निधि तिमी, नेपालका पुत्र हौ
काव्योद्यान रङाउने कुशलका, आदर्शका शूत्र हौ
जन्मेको दिन आज हो चहकको, संसारको उत्सव
तिम्रा लेखनका विशिष्ट रचना, सम्मानले उन्नत !!१!!

तेश्रो पुत्र भयौ अमोल घरको, मातापिता सद्गुणी
पन्ध्रौँ वर्ष महा विवाह कविको, साथै भइन् शालिनी
कस्तो हो प्रतिभा उमेर दशमै, साहित्यको सिर्जन
उम्दा छन् कविता र काव्य रसका, के हुन्छ यो निर्जन ? !!२!!

के हुन्थ्यो गतिरोध लेखन कला, दौड्यो सँधै साथमा
गङ्गाको गतिमा बगे कलम ती, देबी भइन् बासमा
झेल्दै आर्थिक भारका क्षणहरू, नैराश्यका दुर्दिन
आफ्नो जे छ त्यही रमाइरहने, निर्लोभ कस्तो मन ? !!३!!

यी हाम्रा घरका वरिष्ट कवि हुन्, संसारमा चर्चित
देख्दा ईङ्लिसमा अनेक रचना, लाग्दो भयो गर्वित
मीठो भाव भरी छ रम्य कृति ती, ठेली भयो मोहक
विद्यार्थी जनले अपार मनले, गर्दा भए शोधक !!४!!

देख्दा थर्थर काँपका गरिव ती, इस्कोट खोल्दै दियौ
बैरागी मन भै चुरोट मुखमा, राखेर धेरै पियौ
पापी क्यान्सरले सताइ कविको, गल्दो भएको तन
अस्ताए प्रतिभा महान् अतुलका साहित्यका यी धन !!५!!

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
वृद्ध विलौना

वृद्ध विलौना

प्रकाश अर्याल ख
अँध्यारो टिक्टक लाइभ

अँध्यारो टिक्टक लाइभ

प्रकाश अर्याल ख
बा-आमा

बा-आमा

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
टिकटक संसार

टिकटक संसार

प्रकाश अर्याल ख
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x