साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा-आमा

पैसाले सबथोक किन्दछ यहाँ, किन्दैन माता पिता हाम्रा पालनमा बगाइ पसिना, जोहो गरेका सिता दुख्ला है मनमा कडा बचनले, आघात पर्ला बुझ मर्यादा कहिले नभूल उनको, राख्नू सधैँ नै खुस !!५!!

Nepal Telecom ad

प्रकाश अर्याल :

बा आमा भवका अमूल्य गहना, झल्को हिरा मानिक
प्यारो काख छ यो सँधै प्रबलको, सानिध्यले सज्जित
बा आमा जब साथ साथ रहँदा, त्यो स्वर्ग लाग्दो घर
ठान्दो यो मनले अत्यन्त भरको, भाग्दो सदाको डर !!१!!

बा आमा ननिको हुँदैन कहिले, गङ्गा बगेझैँ जल
ती औलाद सबै समीप रहँने, खोज्छन् खुसीको पल
हेला गर्नु हुँदैन बात बहकी, पापी स्वयम् बन्दछ
बोल्ने देव तिनै र तीर्थ व्रत हुन्, संस्कारले भन्दछ !!२!!

आफू भोक खपी अघाइरहने, सन्तानको खातिर
निष्ठाले सबथोकका भरणका, पर्याय हुन् आखिर
अफ्ठेरो अथवा अभाव पलका, सामर्थ्यका हात हुन्
चिन्ता पीरहरू अनेक छलका, हट्ने दह्रो साथ हुन् !!३!!

आमाको ममता न नाप्न सकिने, जोखेर जोखिन्न है
बाबाको समता समान सबमा, निर्बाध रोकिन्न है
आमाको फरिया र फेर बलियो, साँच्चै सहारा छ यो
बाबाका मन भित्रका महलका, सद्ज्ञान प्यारो रह्यो !!४!!

पैसाले सबथोक किन्दछ यहाँ, किन्दैन माता पिता
हाम्रा पालनमा बगाइ पसिना, जोहो गरेका सिता
दुख्ला है मनमा कडा बचनले, आघात पर्ला बुझ
मर्यादा कहिले नभूल उनको, राख्नू सधैँ नै खुस !!५!!

बा आमा बिचरा उमेर चुलिँदा, तिम्रै भरोसा भर
थाकेको मनमा र वृद्धपनमा, उत्साह छर्ने गर
बानी नम्र हुँदा पगाल्छ दिल त्यो, माया त्यही ठानिने
सेवा प्रेम गरौं सदा श्रवणझैँ, संसारमा जानिने !!६!!

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
वृद्ध विलौना

वृद्ध विलौना

प्रकाश अर्याल ख
अँध्यारो टिक्टक लाइभ

अँध्यारो टिक्टक लाइभ

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
टिकटक संसार

टिकटक संसार

प्रकाश अर्याल ख
0
Would love your thoughts, please comment.x
()
x