फित्काैली डटकमकवि कल्पना ओली सिटौलाको कृति ‘जुरुक्क उठ्छ सडक’ लाेकार्पित
मेचीनगर–६, काँकरभिट्टाको देवकोटा उद्यान परिसरमा भएको यस भव्य कार्यक्रमको अध्यक्षता सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले अध्यक्षता र प्रमुख आतिथ्य प्रसिद्ध साहित्यकार कवि मिश्र वैजयन्तीले गर्नुभएको थियो ।

झापा, ०८० कात्तिक १८ । सुसेली साहित्यिक परिवारको आयोजनामा परिवारका सदस्य कवि कल्पना ओली सिटौलाको कविता कृति ‘जुरुक्क उठ्छ सडक’को लोकार्पण तथा कविगोष्ठीको कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
मेचीनगर–६, काँकरभिट्टाको देवकोटा उद्यान परिसरमा भएको यस भव्य कार्यक्रमको अध्यक्षता सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले अध्यक्षता र प्रमुख आतिथ्य प्रसिद्ध साहित्यकार कवि मिश्र वैजयन्तीले गर्नुभएको थियो ।
विशिष्ट अतिथिको रूपमा वरिष्ठ अधिवक्ता लीला उदासी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, राष्ट्रिय सूचना आयोगका सदस्य कमला ओली, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय उमानाथ ओली तथा कमल गुरागाईं, प्रलेस पूर्व केन्द्रीय सदस्य भवानी क्षेत्रीलाई आतिथ्य गराएर सुरु भएको कार्यक्रमको संचालन सुसापका सचिव कनक कार्कीले तथा स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट सामुहिक रूपमा कृति ‘जुरुक्क उठ्ठ सडक’ लोकार्पण भएपछि कृतिकार कल्पना ओलीको संक्षिप्त परिचय सहसचिव मदन अधिकारीले गराउनु भयो भने लोकार्पित कृतिको समीक्षात्मक चर्चा साहित्यकार समालोचक दामोदर ढुङ्गेलले गर्नुभयो ।
कविहरू केशव आचार्य, हरिप्रसाद नेउपाने, टीका भट्टराई नेपाल, जय भण्डारी, लक्ष्मी अच्युत ढुङ्गाना, मिना अधिकारी, जयप्रसाद आचार्य, पुण्य खरेल, पवन ढुङ्गेल, हरिनारायण भट्टराई, मायामितु नेउपाने, गीता सुवेदी नेपाल, नमूना निरौला दाहाल, सुनीता तामाङले कविता सुनाउनु भयो भने प्रमुख अतिथि मिश्र वैजयन्ती, विशिष्ट अतिथिहरू कमला ओली, लीला उदासी, मुनाराज शेर्मा, चन्द्र भण्डारी, कमल गुरागाईं, भवानी क्षेत्रीले स्रष्टा कल्पना ओलीलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो । स्रष्टा कल्पना ओलीले प्रमुख अतिथि मिश्र वैजयन्ती, कृतिका समीक्षात्मक चर्चाकार दामोदर ढुङ्गेल तथा कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेललाई दोसल्ला तथा ढाकाको टोपी पहिराएर सम्मान गर्नुभयो ।
कार्यक्रमको आखिरीमा सभाध्यक्ष पुण्यप्रसाद खरेलले कृतिकारलाई बधाई तथा शुभकामना सँगसँगै कार्यक्रम सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबै अतिथिप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम भव्यरूपमा सफल पार्न सबैको सहयोग पाएकोमा प्रसन्नता व्यक्त गर्दै सभाको समापन गर्नुभयो । 
कार्यक्रमलाई सफल पार्न उपस्थित अन्य साहित्यकारहरूमा प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, प्रलेस झापा अध्यक्ष लीलाप्रसाद अधिकारी, बुद्धशान्ति साहित्य सङ्गीत तथा कला प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, विर्तामोड साहित्य कला प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, मेची क्याम्पसका उपप्राध्यापक पुण्य खरेल, देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेल सहभागी हुनुहुन्थ्याे ।
त्यसै गरी इन्द्रेणी महिला साहित्यिक समूहका मिरा पोखरेल, मुना राना, कवि मातृका संग्रौला, पोखरी मा.वि. तेरथुमका प्रअ डिपि शर्मा, काँकरभिट्टा मा.वि.का पूर्व प्रअ तुलसी निरौला, कविहरू मोक्ष खतिवडा, अमृता पाठक चौंलागाईं, आरती पोखरेल, श्री भेटवाल, यज्ञ शिवाकोटी, सन्देश ‘अलिखित’, चेतन ओली, ज्ञानेन्द्र ढुङ्गाना, परशुराम तिमसिना, हेमा शर्मा, गगन ढकाल, गुरूप्रसाद उप्रेती, आनन्द अग्रवाल, देवु शेर्मा, रिमा खरेल, पत्रकार मुक्ति पौडेल, अम्विका भण्डारी, जीआर धिताल, रमा भण्डारी, साहित्यानुरागीहरू सरस्वती सिटौला, अप्सरा ओली, मिना गौतम, सुसेलीका सल्लाहकार लक्ष्मी उप्रेती, हेमा सिटौलालगायत सय जनाजतिको उपस्थिति रहेको रहेको थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest








































