सुलसुले‘चूडाप्रसाद चौलागाईँ : व्यक्तित्व र कृतित्व’ सार्वजनिकीकरण
डा इन्दुल केसीको प्रमुख आतिथ्य र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा सम्पन्न यस कार्यक्रमलाई अनुशीलन नेपालकी सचिव टीका श्रेष्ठले सञ्चालन र स्वागत भाषण महेश्वर घिमिरेले गर्नुभएको थियो ।

काठमाडौं, २०८० कात्तिक १८ । अनुशीलन नेपालको आठौँ प्रकाशन ‘चूडाप्रसाद चौलागाईँ : व्यक्तित्व र कृतित्व’ शीर्षकको समीक्षासङ्ग्र्रह कात्तिक १८ गते एक भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिकीकरण गरियो ।
डा इन्दुल केसीको प्रमुख आतिथ्य र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा सम्पन्न यस कार्यक्रमलाई अनुशीलन नेपालकी सचिव टीका श्रेष्ठले सञ्चालन र स्वागत भाषण महेश्वर घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा डा महेन्द्र सापकोटा, डा सीता सुवेदी पन्थी, डा ङेमा लामा, डा रवीन्द्र गिरी, जनआदर्श क्याम्पसका प्रमुख वरिष्ट अधिवक्ता दुर्गामोहन श्रष्ठ, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे हुनुहुन्थ्यो । उहाँहरू सबैले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो भने डा. सीता सुवेदी पन्थीले कृतिका बारेमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूलाई अनुशीलन नेपालका कोषाध्यक्ष वीरजा घिमिरे र इन्दिरा शाहीले ढाकाको खादा लगाइदिनुभयो भने सदस्य नेत्र घिमिरेले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो । प्रजापति तिमल्सिनाले शुभकामना व्यक्त गर्नुभयो भने कवि पदम दाहालले कवितावाचन गर्नुभयो ।
कार्यक्रममा अन्य महानुभावहरूको गरिमामय उपस्थिति रहेको थियो ः अनुशीलन नेपालका आजीवन सदस्य ढुण्डीराज पोखरेल, अर्का आजीवन सदस्य विश्वनाथ ढुङ्गेल, पत्रकार कृष्ण किसी, सागर गुरागाईँ, दीपक चौलागाईँ, कमल आनन्द तथा प्रताप राना मगर, भक्तपुर बुढ्यौली साहित्य समाजका उपध्यक्ष दीनानाथ पोख्रेल, चक्रपाणि स्मारक प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल, घटुजराज गिरी, सिर्जना केसी, श्रीजल केसी, बलराम कोइराला, छन्दशास्त्री राजेन्द्रकुमार बज्राचार्य, प्रणव पन्थी, केशव गौतम, तीर्थ पन्त, कमल दाहाल ठाकुरनाथ गौतम, कवि केशवप्रसाद रूपाखेती, दीपकप्रसाद चौलागाईँ, नारायण गौतम, भागीरथी चौलागाईँ, गीता चौलागाईँ, गोविन्दप्रसाद चौलागाईँ, मेघराज, यादव गौतम, उद्धवराज गौतम, झम्कप्रसाद गौतम, दीपेन्द्रप्रसाद चौलागाईँ, गोकुलप्रसाद गौतम, सङ्गीतादेवी गौतम, सरस्वती चौलागाईँ, होमप्रसाद गौतम, बाबुलाल रेग्मी, इशन घिमिरे, अभिनन्दन घिमिरे, आयुष रेग्मी, दीपक चौलागाईँ, दीपेन्द्र चौलागाईँ, होमर चौलागाई ।
अनुशीलन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति जीवनाथ अधिकारीले अनुशीलन नेपालका गतिविधिका बारेमा जानकारी दिँदै सबैलाई धन्यवाद दिनुभयो । ‘चूडाप्रसाद चौलागाईँ : व्यक्तित्व र कृतित्व” समीक्षासङ्ग्र्रहको सम्पादन जीवनाथ अधिकारीले गर्नुभएको हो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































