फित्काैली डटकमअनुपमको १२९ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलकाे उपस्थितिमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८० कार्तिक १८ गते शनिवार अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२९ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयाे ।
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलकाे उपस्थितिमा सम्पन्न भएकाे हाे ।
उपत्याकाको पश्चिम भेकमा लामै समयदेखि क्रियाशील अनुपम सिर्जना प्रतिष्ठानले हरेक महिनाकाे तेस्राे शनिवार सिर्जना वाचनकाे श्रृङ्खला नियिमत रूपमा चलाउँदै अाएकाे छ ।
आजकाे कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरेका थिए ।
यस अवसरमा आफ्ना रचना वाचन गर्ने कविहरू भुवनहरि शर्मा सिग्देल, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, नरनाथ लुइँटेल, आर्त अकूलन, जगदीश्वर पोखरेल, सुधा बाँस्कोटा ढकाल र बिनुबाबा घिमिरे लगायत हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यमा सेवा गर्दै आएको, सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको र छन्दको संरक्षण गरेको छ भन्नु भयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन । अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नु पर्दछ भन्नु भयो ।
अध्यक्ष भुवनहरि शर्मा सिग्देलले गए राति जाजरकोटमा गएको भूकम्पले पुऱ्याएको मानवीय क्षतिका वारेमा बोल्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नु भयो ।
उहाँले कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
महासचिव सुधा बाँसकोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन एवम् सहजीकरण गर्नु भएको थियो ।
०००
– जगदीश्वर पाेखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































