साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिणाम

मन त झापडिइनुपर्ने भो भनेर थरथर भइसक्या नि ! नहोस् पनि किन ? ठुलो सङ्ख्यासँग अधिकारै अधिकार छ । हराएको त कर्तव्य न हो । म हुस्सुको जिब्रो चिप्लिएपछि सुद्धी फिरेर के गर्नु ? जहाज झन्डै डुबिसक्या ।

Nepal Telecom ad

छायादत्त न्यौपाने :

मेरो हतारिने बानी । मनमा लागे बोलि हाल्नुपर्ने । यस्तो बानी कतै त ठिकै हुने, कतै कतै भने झपारिइनुपर्ने ।
ओहो ! तपाईं काटीकुटी सन्दिपा जस्तै हुनुहुँदोरहेछ ! के भन्न भ्याएको थिएँ – को सन्दिपा, कहाँ सन्दिपा, कसकी सन्दिपा, जो पायो उहीँ सन्दिपा ? जान्दिनँ म सन्दिपा बन्दिपा ! खनिइन् जिस्क्या अरिङ्गालझै बाई ! यतिले कहाँ पुग्नु ! थपिइन् –

म मै हुँ । मलाई कसैसित जोखेको मन पर्दैन । मलाई अरुसित जोखिएर तौल बढाउने रहर छैन । म मजस्तै छु । म अरुजस्तो होइन । आफूजस्तै छु र त म म हुँ । अरु कोही हुँदै होइन बुझ्नु भो ? मान्छे हेर्दा इतिर्की मेरी छोरीकी बहिनीकी भन्जीकी नातिनीकी साख्खै दिदी पर्नेकी छोरी जस्तै लागेर सोधिहालेँ भन्नुहुन्छ, हैट कति कडा कडा ! अलिकतिले कान समाउनुपरेन । मन त झापडिइनुपर्ने भो भनेर थरथर भइसक्या नि ! नहोस् पनि किन ? ठुलो सङ्ख्यासँग अधिकारै अधिकार छ । हराएको त कर्तव्य न हो । म हुस्सुको जिब्रो चिप्लिएपछि सुद्धी फिरेर के गर्नु ? जहाज झन्डै डुबिसक्या !

बल्लतल्ल छुट्कारा पाएर अलिक पर पुगेपछि साहस बटुलेका मित्रले कानेखुसी- गरे तिनको नाम त धनवर्षा हो । नाम सुनेपछि भने अलिकति चेत खुल्यो पुँजीमैत्रीसँग सर्वहाराले मित लाउन खोज्दा के परिणाम आउँछ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x