डा. छायादत्त न्यौपाने ‘बगर’परिणाम
मन त झापडिइनुपर्ने भो भनेर थरथर भइसक्या नि ! नहोस् पनि किन ? ठुलो सङ्ख्यासँग अधिकारै अधिकार छ । हराएको त कर्तव्य न हो । म हुस्सुको जिब्रो चिप्लिएपछि सुद्धी फिरेर के गर्नु ? जहाज झन्डै डुबिसक्या ।
छायादत्त न्यौपाने :
मेरो हतारिने बानी । मनमा लागे बोलि हाल्नुपर्ने । यस्तो बानी कतै त ठिकै हुने, कतै कतै भने झपारिइनुपर्ने ।
ओहो ! तपाईं काटीकुटी सन्दिपा जस्तै हुनुहुँदोरहेछ ! के भन्न भ्याएको थिएँ – को सन्दिपा, कहाँ सन्दिपा, कसकी सन्दिपा, जो पायो उहीँ सन्दिपा ? जान्दिनँ म सन्दिपा बन्दिपा ! खनिइन् जिस्क्या अरिङ्गालझै बाई ! यतिले कहाँ पुग्नु ! थपिइन् –
म मै हुँ । मलाई कसैसित जोखेको मन पर्दैन । मलाई अरुसित जोखिएर तौल बढाउने रहर छैन । म मजस्तै छु । म अरुजस्तो होइन । आफूजस्तै छु र त म म हुँ । अरु कोही हुँदै होइन बुझ्नु भो ? मान्छे हेर्दा इतिर्की मेरी छोरीकी बहिनीकी भन्जीकी नातिनीकी साख्खै दिदी पर्नेकी छोरी जस्तै लागेर सोधिहालेँ भन्नुहुन्छ, हैट कति कडा कडा ! अलिकतिले कान समाउनुपरेन । मन त झापडिइनुपर्ने भो भनेर थरथर भइसक्या नि ! नहोस् पनि किन ? ठुलो सङ्ख्यासँग अधिकारै अधिकार छ । हराएको त कर्तव्य न हो । म हुस्सुको जिब्रो चिप्लिएपछि सुद्धी फिरेर के गर्नु ? जहाज झन्डै डुबिसक्या !
बल्लतल्ल छुट्कारा पाएर अलिक पर पुगेपछि साहस बटुलेका मित्रले कानेखुसी- गरे तिनको नाम त धनवर्षा हो । नाम सुनेपछि भने अलिकति चेत खुल्यो पुँजीमैत्रीसँग सर्वहाराले मित लाउन खोज्दा के परिणाम आउँछ ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































