साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियाँस्रो

“तिम्रो समस्या त म बुझौँला छोरी ! तर मेरो समस्या ... कसले बुझ्छ ? तिमीहरू त यता नआउने भइहाल्यौ । त्यसरी आमालाई पनि उतै राखिदिँदा यो बुढो बाउले एक्लै कसरी दिन काट्ला, कहिल्यै सोचेकी छ्यौ ?”

Nepal Telecom ad

वसन्त अनुभव :

एक्लै बस्नुपर्दा उनलाई साह्रै नियाँस्रो लाग्ने गर्दथ्यो । भव्य महल पनि उनलाई मसानघाट झै लाग्थ्यो । बिरामी, अशक्त हुँदा उनलाई तातो/चिसो दिनेसम्म कोही थिएनन् ।
परिवार आफन्त नभएका पनि होइनन् । छोरा अस्ट्रेलिया र छोरी अमेरिका थिइन् भने श्रीमती तेल भिसामा लामो समयदेखि छोरीसँगै थिइन् ।
“अब त नाति पनि हुर्किसक्यो, ठूलो भइसक्यो । आमालाई पठाइदेओ न हो । कति राख्छौ उता ? एक्लै बस्दा बस्दा दिक्क लाइसक्यो ।” एकदिन फोनमा हिम्मत गरेर उनले छोरीसँग भने ।

“ह्या ! ड्याडी पनि । तपाईंको त्यहाँ के काम छर ? बस्ने, खाने त हो । बरू खर्च छैन भने पठाइदिन्छु । यहाँ हामीलाई एकछिन फुर्सद छैन । हजुरको जुवाइ र म जागीरमा जानै पर्‍यो,
बाबुलाई कसले हेर्छ ? बाबु पनि आमासँग निकै झ्याम्मिएको छ । आमा नभई एकछिन मान्दैन । समस्या बुझ्नुस् न ड्याडि !” छोरीले इन्कार गर्दै भनिन् ।
“तिम्रो समस्या त म बुझौँला छोरी ! तर मेरो समस्या … कसले बुझ्छ ? तिमीहरू त यता नआउने भइहाल्यौ । त्यसरी आमालाई पनि उतै राखिदिँदा यो बुढो बाउले एक्लै कसरी दिन काट्ला, कहिल्यै सोचेकी छ्यौ ?” उनले भन्न खोज्दै थिए । एकाएक उताबाट फोन कट्यो ।

०००
घोराही उपमहानगरपालिका १४, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव
चोरहरू

चोरहरू

वसन्त अनुभव
पुरस्कार

पुरस्कार

वसन्त अनुभव
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x