साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरहरू

केही समयपछि फेरि चुनावको घोषणा भयो । नेताहरूको पाउ फर्काउने क्रम जारी थियो । “घरमा को हुनुहुन्छ ?” ढोकाको ढकढकसँगै बाहिरबाट आवाज आयो ।

Nepal Telecom ad

वसन्त अनुभव :

असार पन्ध्रको दिन । सहरको कुनै फाइभस्टार होटेलको भव्य हलमा सुकिलामुकिला मान्छेहरूको बाक्लो उपस्थिति थियोे । उद्घोषकको उद्घोषसँगै प्रमुख अतिथिका रूपमा पुगेका मन्त्री उठे । धानको बीउ लिएर गमलामा रोपे । गडगडाहट तालीले पुरै हल गुन्जियो ।

“साला चोरहरू ! यहाँ खेतमा पानी छैन । रोप्ने बीउ छैन । मल छैन । यिनीहरूलाई नौटङ्की देखाउनै ठिक्क छ ।” टि.भि.को दृश्यले उमेश आगो भयो ।

“चोरहरू ? खोइ बाबा चोरहरू ? कहाँ छन् ?” बुबाको कुराले ५ वर्षे विपिन अचम्मित भयो ।

“ऊ क्यात टि.भि.मा हेर न !” शान्त हुँदै उमेशले भन्यो र उठेर खेततिर लाग्यो ।

केही समयपछि फेरि चुनावको घोषणा भयो । नेताहरूको पाउ फर्काउने क्रम जारी थियो ।

“घरमा को हुनुहुन्छ ?” ढोकाको ढकढकसँगै बाहिरबाट आवाज आयो ।

“जा जा बाबु हेर त !” बाउको आदेशसँगै हेर्न गएको विपिन तुरुन्तै फर्कियो ।

“को रहेछ बाबु ?” बाउको प्रश्न खस्न नपाउँदै उसले भन्यो- “चोरहरू !”

०००
घोराही उपमहानगरपालिका १४, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव
पुरस्कार

पुरस्कार

वसन्त अनुभव
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x