साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार

“वाहियात कुरा नगर ! बरु भन, माथि आफ्नो मान्छे छन् ? चिनेका ठूला मान्छे छन् ?” मलाई हेर्दै व्यापारी कड्कियो ।

Nepal Telecom ad

वसन्त अनुभव :

म आफ्नो सुरमा हिँडिरहेको थिएँ । मन्त्रालय परिसरबाट आएको चर्को आवाजले मेरो ध्यान खिच्यो-
“आउनोस् ! आउनोस् ! सस्तो सस्तोमा आफूलाई मनपर्ने पुरस्कार छानेर लैजानोस् ।”

मन लालायित भयो । ‘किनी किनी पनि के लानु ?’ तुरुन्तै थच्कियो । होस् भनेर अगाडि बढ्नै लागेको थिएँ, श्रीमतीले भनेको झल्याँस्स याद आयो-
‘फलाना फलानाले कति पुरस्कार पाइसके, तिनका स्वास्नीहरूको कत्रो रवाफ छ । तिमी त हुतीहारा अहिलेसम्म एउटा पुरस्कार पनि हात पार्न सकेनौ है ? यसपल्ट त जसरी पनि एउटा पुरस्कार लिएर आउनू, नत्र घरै नमुन्टे हुन्छ ।’

साँच्चिकै सस्तोमा रहेछ भने लैजाऊँ न त भनेर भित्र छिरेँ । ‘सर्वोत्कृष्ट पुरस्कार’, ‘उत्कृष्ट पुरस्कार’, ‘….’ भनेर लहरै राखिएका थिए । हरेक पुरस्कारमा मूल्यको ट्याग लगाइएको थियोे । देखेर म धन्नै बेहोस भएँ । सबै मेरो औकातभन्दा बाहिरका थिए ।

“म पनि इमानदार, कर्तव्यनिष्ठ कर्मचारी हुँ हजुर ! यसो अलि मिलाएर, छुट गरेर दिन मिल्दैन ?” सबैभन्दा सस्तो पुरस्कारतर्फ औँल्याउँदै बिस्तारै बोलेँ ।

“वाहियात कुरा नगर ! बरु भन, माथि आफ्नो मान्छे छन् ? चिनेका ठूला मान्छे छन् ?” मलाई हेर्दै व्यापारी कड्कियो ।

०००
घोराही उपमहानगरपालिका १४, दाङ
२०८० भाद्र २२ गते, निजामती दिवस ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव
चोरहरू

चोरहरू

वसन्त अनुभव
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x