साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगस्ति झमेला

दाना खान्छ पराया पोकोपार्न छ धायो माटो बेच्छ यताको धोकोफेर्न उदायो चोर्दै दूध बिरालो बाटो घेर्न सघायो चोरी चाल चलायो चौतर्फी कर लायो ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

चल्दै हुन्छ रडाको पैसाको छल खेला
जल्दै बस्छ कता को खानामा छ कुबेला
चुल्हो हुन्छ चिसो पो जूवामा कुन बेला
गाह्रो हुन्छ यहाँ खै गस्तीमा छ झमेला ।१

चर्को बोल्छ चखेवा पाखामा छ जुरेली
बाठो हुन्छ परेवा छानामा गुँड हाली
कालो काग छ का का सेतो पो छ गुँहेली
मातेको किन डाङ्ग्रे हाँको हाल्छ वनेली ।२

काटेको किन हाँगा नाङ्गो हुन्छ पखेरा
पार्दैनन् फुल राम्रा मासिन्छन् कि बचेरा
मास्दैछन् त दरिद्री भासिन्छन् र भँगेरा
बुझ्दैनन् किन आमा बेचिन्छन् किन सेरा ।३

सत्ता हुन्छ दलाली मस्तीमा रङ ल्यायो
पार्दै चाङ हरामी चोरीको सुन आयो
मुर्रा जात छ राँगो बौलाहापन छायो
धर्ती लुट्छ गुलामी दोक्लो दुष्ट जनायो ।४

दाना खान्छ पराया पोकोपार्न छ धायो
माटो बेच्छ यताको धोकोफेर्न उदायो
चोर्दै दूध बिरालो बाटो घेर्न सघायो
चोरी चाल चलायो चौतर्फी कर लायो ।५

भ्रष्टाचार छ सस्तो लादेको छ भलायो
नाफाखोर प्रसस्तै जोडेको छ मुसा यो
आँखा छन् ढिकुटीमा पारेको छ दुलो यो
बिल्लीबाठ बनायो घोप्टे पामर आयो ।६

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x