सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अगस्ति झमेला

दाना खान्छ पराया पोकोपार्न छ धायो माटो बेच्छ यताको धोकोफेर्न उदायो चोर्दै दूध बिरालो बाटो घेर्न सघायो चोरी चाल चलायो चौतर्फी कर लायो ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

चल्दै हुन्छ रडाको पैसाको छल खेला
जल्दै बस्छ कता को खानामा छ कुबेला
चुल्हो हुन्छ चिसो पो जूवामा कुन बेला
गाह्रो हुन्छ यहाँ खै गस्तीमा छ झमेला ।१

चर्को बोल्छ चखेवा पाखामा छ जुरेली
बाठो हुन्छ परेवा छानामा गुँड हाली
कालो काग छ का का सेतो पो छ गुँहेली
मातेको किन डाङ्ग्रे हाँको हाल्छ वनेली ।२

काटेको किन हाँगा नाङ्गो हुन्छ पखेरा
पार्दैनन् फुल राम्रा मासिन्छन् कि बचेरा
मास्दैछन् त दरिद्री भासिन्छन् र भँगेरा
बुझ्दैनन् किन आमा बेचिन्छन् किन सेरा ।३

सत्ता हुन्छ दलाली मस्तीमा रङ ल्यायो
पार्दै चाङ हरामी चोरीको सुन आयो
मुर्रा जात छ राँगो बौलाहापन छायो
धर्ती लुट्छ गुलामी दोक्लो दुष्ट जनायो ।४

दाना खान्छ पराया पोकोपार्न छ धायो
माटो बेच्छ यताको धोकोफेर्न उदायो
चोर्दै दूध बिरालो बाटो घेर्न सघायो
चोरी चाल चलायो चौतर्फी कर लायो ।५

भ्रष्टाचार छ सस्तो लादेको छ भलायो
नाफाखोर प्रसस्तै जोडेको छ मुसा यो
आँखा छन् ढिकुटीमा पारेको छ दुलो यो
बिल्लीबाठ बनायो घोप्टे पामर आयो ।६

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल