बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आश्वासन

छाप्रोमा आगो बल्दैन, रित्तै हुन्छ भाँडा वर्तनहरू पाँचतारेको जमघट डकारी डकारी पेट भर्ने गर्छन्

Nepal Telecom Spring Offer

प्रमोद भट्टराई ‘प्रतीक’ :

गुलिया मिठा आश्वासनहरू त बहुतै छर्ने गर्छन्
को खाई को खाई भन्छन्, आफैँ हाम गर्ने गर्छन्

जनताको सेवक हौँ भन्ने नै मालिक छन् अहिले
राम्रो फसल देख्नै हुँदैन मुख जोतेर नै चर्ने गर्छन्

कमजोर छ भने स्थान पाउँदैन इमानदारले पनि
स्वार्थ मिल्दा अपराधीको पनि शरण पर्ने गर्छन्

छाप्रोमा आगो बल्दैन, रित्तै हुन्छ भाँडा वर्तनहरू
पाँचतारेको जमघट डकारी डकारी पेट भर्ने गर्छन्

यस्तै रहेछ लोकतन्त्रको गुण र विशेषता बुझियो
जनताहरू भने छटपटिएर अकालमा मर्ने गर्छन् !

०००
कौशलटार, भक्तपुर ।

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
कठै हजुर !

कठै हजुर !

रामकृष्ण काफ्ले
भन्छ तीजले !

भन्छ तीजले !

बूँद राना
सर्प लुकेको छ

सर्प लुकेको छ

रामकृष्ण काफ्ले
भयो जिन्दगानी

भयो जिन्दगानी

होम सुवेदी