साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनिदिन्छु नेता

चट्टी पुरानो कति टिक्छ होला खाली छ खल्ती अनि रिक्त झोला यात्रा छ लामो पथ कष्ट युक्त चढ्नै छ गाडी बनिदिन्छु नेता ॥

Nepal Telecom ad

शम्भु गजुरेल :

हो गाउँ झुप्रे तर छैन कालो
भातृत्व गाढा हँसिलो उज्यालो
आक्रोश फल्ने छरिदिन्छु मेदा
त्यो द्वन्द्वभित्रै बनिदिन्छु नेता ॥१॥

आशा भरोसा बटुलेर सारा
निर्धाहरूको गतिलो सहारा
बन्नेछु भन्दै जब जोड्छु जेथा
साथी निमोठ्दै बनिदिन्छु नेता ॥२॥

मुर्दाहरूको नजिकै म जान्छु
ज्यूँदाहरूको पसिना म खान्छु
कौवाहरू छन् भनिदिन्छु सेता
ढाँटेर हिड्ने बनिदिन्छु नेता ॥३॥

देखाउँदै घाँस हिँडेँ अगाडि
भ्याँ भ्याँ गरेका हुल छन् पछाडि
गौँडाहरूमा छरिदिन्छु बेथा
भेडाहरूको बनिदिन्छु नेता ॥४॥

निर्धक्क खाने न त अन्नपात
चल्दैन गोडा न त चल्छ हात
छन् पौरखी टन्न बटुल्छु केटा
भर्नै छ धोक्रो बनिदिन्छु नेता ॥५॥

अग्लो सिरानी तिर मर्किएर
बाड्नेछु आशा खुब मस्किएर
मिथ्या कुराको रसिलो सलेदा
भर्नै छ घ्याम्पो बनिदिन्छु नेता ॥६॥

चट्टी पुरानो कति टिक्छ होला
खाली छ खल्ती अनि रिक्त झोला
यात्रा छ लामो पथ कष्ट युक्त
चढ्नै छ गाडी बनिदिन्छु नेता ॥७॥

पोखेर मात्रै पसिना असाध्य
बोकेर भारी नुनतेल खाद्य
होवैन इच्छा परिपूणर् एता
यो देश लुट्ने बनिदिन्छु नेता ॥८॥

झुक्याउँदै वाक्य नवीन बोल्दै
सामन्तका खातिर द्वार खोल्दै
पार्नेछु धर्ती टुकुरा हमेशा
यो राष्ट्र बेच्ने बनिदिन्छु नेता ॥९॥

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x