सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

केराका पातमा पात ! कुरौटेका बातमा बात !

अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सवै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । - सम्पादक ।

Nepal Telecom ad

चूडामणि रेग्मी  :

Chudamani Regmiअहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने  ‘एैँसेलुकाे झाङमुनि…’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, हाेम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनाेद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ ।  नकुल काजी लगायत नयाँ पुराना सवै  झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । – सम्पादक ।

पन्ध्र दिनको मौन

सुनेथेँ- मान्छे जितेन्द्रिय भएपछि साधु हुन्छ सज्जन हुन्छ र ऊ नराम्रा कुरा बोल्नका झन्भटबाट फुक्की पाउन मौनव्रत पनि लिन्छ । यस्तै मौनव्रतीमध्येका एक वरिष्ठ विनोवा बाले जब बोल्छन्, तिन चुट्की लिन्छन्- एक जनता पार्टीलाई इयाग्रो हुन्छ, दुई इन्दिराका प्राणमा पखेरु भरिन्छ र तिन साधुसन्तको चाहा कहिले कति वेला कतातिर कसरी हुनुपर्छ भन्ने कुराको बोध हुन्छ । गफडी त कुनै यस्तो वा होइन, मात्र मामुली गफडी हो, त्यो पनि देउनियाँ मेचीविचको । जहाँको भए पनि र जस्तो भए पनि विचरो पन्ध्र दिन त मौन नै वस्यो । हेर्छ तमासा – मौन बसेर । गफडी नाम भएर के भो र ? सानो मान्छे भएपछि माटाका भरमा पर्नुपर्छ । माटोवाहेक सानालाई वाँच्दा न भर हुन्छ न मर्दा नै ! अनि गफडी मौन रह्यो, अर्को कारणले पनि के-के गफ गर्दा रहेछन्- अन्य कुरौटेहरूले भनी । वाह्र वर्ष ढुङ्ग्रामा हाले पनि केजाति भने झैं यहाँ मेची देउनियाँ मेची देउनियाँ कुरा छुट्दैनन् । वर- परकाले कति मात्र वुझ्लान् ? केही बुझक्कडहरू छन्, जो बुझ्छन् तर सर्वसाधारण अज्ञानगर्तमा हुन्छन् र पनि कुरौटेहरू आफ्ना गुरुहरूलाई रिझाउनखातिर कन्याउँछन् र खुसी पार्ने कुरा जोत्छन् । कन्याउँदाको आनन्द पनि गजवकै हुँदोरहेछ ! यद्यपि भरे त्यसबाट कति दुःख पर्दछ वास्ता हुँदो रैन रछ ! यी टिलाले टुलुटुलु हेर्नुपर्छ, दुर्भाग्य भनौ कि सौभाग्य । अँ त ! पन्ध्र दिन मौन वसियो, आँखा चिम्लियो, अनि हेर्दा के पाइयो ? आज जो प्राप्त छ जे थियो । बोल्दा के पाइन्छ ? अर्थात् सत्य तितो हुन्छ । सत्य बोल्दा तितो अनुभव गर्नेवाट खप्की नै !

गाली ! गाली !! गाली !!!
अघि-अघि अठार पुराण हुन्थे रे । त्यतिविघ्न पुराण हुँदा पनि गालीपुराण नबनेकामा व्यासकै वुद्धि कति र कस्तो र’छ अड्कल काट्न सकिन्छ । मेची- देउनियाँको एक विशेषता के भने यहाँ यस पुराणको आविष्कार भइरहेको छ । यहाँ पत्रकारले पत्रकारलाई गाली गर्छन् त पुत्रकारले पुत्रकारलाई, पत्रकारले पत्रकारलाई । एकाधलाई त गालीपुराण पण्डितको पात्रोसरह भएको छ, सायद मर्दा त्यही कात्रो हुन वेर छैन । भाषा चलाउँदा चलाउँदा खिइन्छ भन्छन्, ‘साले’, ‘हरामी’, ‘राँडाको छोरो’ ‘गधा’ जस्ता गाली यहाँ पुराना भए । कतिपय यी शब्द त यहाँ ठुला भई अहिले साना हुनेसँग सँगै गए भने कति खियौटे भएर यहींका एकाध उनै गालीमास्टरका मुखारविन्दमा पुगी कलमकीलमा विश्राम गरेका छन् । यहाँका जनता-जनार्दन यिसु क्राइस्ट भएका छन्, गान्धी भएका छन्, सब गरलकण्ठ सहू शिव भई सुन्छन् । मौकामौकाका गालीको स्क्रिनमा सूचना विभागका निर्देशकले समेत यसको सेवन गर्न थर्कायमान हुनुपर्छ । मेची देउनियाँ गाली उदेकिली पो छ त !

खवरखावर
गफडीले मौनता खोज्दा पाएको खवर भनूँ विवरण भर्ती मध्ये केही त निवेदन गर्‍यो । एउटा अर्को पनि कुरा के पाइयो मेची-देउनियाँमा भने यहाँ ज्योतिषी पनि निकै विराजमान भएका छन् । त्यस्ता ज्योतिषीले यस्ता भाषा अविष्कार गरेका छन् वस । भाषाशास्त्री पनि तिन चित खान्छन् । यस्ता ज्योतिषीमा, कामरेडदेखि लिएर ठेकापट्टा, कालाविकेन्द्री सब केन्द्रित भएका छन् । खरसाङ सिक्किमदेखि समेत आएका विशेषज्ञ यस कार्यमा जुटेर प्रबल दिमागी कसरत गर्दैछन् । अनि । दुःखको कुरा मन् कि गजवको । एकपटकको गफडीको गफ पढेर ज्योतिषीहरूको दिमाख चक्कराएछ रे ! ! गजब दिमाख रहेछ । भन्छु ।

पातमा पात ! बातमा बात !
‘बुढा पाका एकोहोरो रोटी पाक्दैन भन्थे, यहाँ पाक्यो त !’ गफडीलाई जसले भन्थ्यो उसैले भन्यो- गफंडीका गफ सुरु भएपछि मजा लागेको छ, वाजेहोंगे सब छक्क ! राम्रो लाग्यो । तरवारको जवाफ तरवारले हुन्छ । गाउँमा हुने कार्यक्रमको सदस्य हुन नपाउनेले केन्द्रीय सदस्य भएर देखाउनुपर्छ । वाघ सम्पादक कालातिर भए स्याल सम्पादक गोरुतिर हुन्छ । साइबाबा एकातिर भएर दुध पघार्न थाले, कसाईबाबा अर्कातिर हुनैपर्छ । एउटाले कोटापर्मिट हस्तगत गरेर मोज मारे अकाले जग्गाको विकास गर्ने कर शुभलाभ गर्नुपर्छ । एउटाले कुरौटेको रूप लिए, अर्काले गफडीको यस्ता मित्रकन गफडीले भन्यो- ‘हेर्नुहोस् मित्र, केराका पातमा पात राख्दा पातै भए झैँ वातमा वातै हुन्छ, ठिक हो, तर धेरैको धेरैसँग कुरा मिले पनि गफडीलाई जहाँ-तहाँ नराख्नुहोस्, नहुरेल्नुहोस्, हाँक दिन्छु नि !

मित्र केही नबोले पनि हिजो आज एक-अर्काप्रतिका धारणा के कस्ता हुन थालेका छन्- गफडी मजले जान्दछ, अनि त्यसैले गफडी भवाकैले गर्दा मौन बस्तछ । परन्तु पानीमा वसेर ‘गोहीसँग विरोध नगर्नू’ भन्छन्, तर पनि गफडी फेरि मुखले बोलिहाल्छ । वास्तवमा, वातमा वात पर्दा गफडीलाई अहिले एउटा प्रासङ्गिक कथा हेक्का आयो- कुनै वेला सोमवारे औंसीका दिन नुहाउन भनी तिन जना पंधेरा गएछन् । बाटामा पाखी पर्थ्यो । एउटा ढुड्डो मास्तिरवाट खसेछ । खस्दा तिन जनामध्ये एउटा भाइ थियो, उसले ‘अवुइ ।’ भनेछ । दाजु चैँ अर्को थियो, उसले भनेछ- ‘दिदी भाइ त बोल्यो ।’ तेस्री दिदी थिई । उसले पनि भनिछ- ‘तं बोलिनस् नि । यस्तै गफडीले पनि दुनियाँभरिका कुरा जोत्दा दिदीकै पारा अवश्य झिक्यो, गफडी जान्दछ ठान्दछ तर के गर्ने ? तरबारको जवाफ तरवारले नै त हुनपर्‍यो रे नि ! एउटाले गाली गर्छ, नाम राख्छ, खिसी गर्छ, खसाउँछ, सोझी-सारी गर्नेका काममा बाधा दिन्छ र अडङगा लाउँछ अचेलको प्रसिद्ध कार्यकर्तालाई होच्याउँछ, जिल्लाको वरिष्ठलाई कनिष्ठ तुल्याउने प्रयत्न गर्छ योगदान दिनेलाई माटामा मिलाउँछ र एकाध सिल्लडलाई उचाल्न योग्यलाई तथानाम गाली गर्छ भने गफडी पनि भुच्चुक होइन, रमित हेर्न सक्दैन नि ! उसले दुई-चार गफ झिकेर आफ्नो मौनता तोड्न सक्छ, नत्र त ऊ मौनी नै छ । धेरै गफ गरेर मात्र केही हुँदैन, गफ चाहिँदा हुनुपर्छन् भन्ने गफडीको मान्यता छँदैछ तर के गर्ने ? परिस्थिति नै सर्वोपरि छ । हेरूँ, अब अरु के- के हुन्छ ? आगे फेरि ।

०००
युगज्ञान वर्ष १० अङ्क १४, २०३५

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खोलाको पानी जस्तो

खोलाको पानी जस्तो

चूडामणि रेग्मी
मपाइँ गफ !

मपाइँ गफ !

चूडामणि रेग्मी
दुविधे महाभारत गफ !

दुविधे महाभारत गफ !

चूडामणि रेग्मी
जालीका जाली गफ !

जालीका जाली गफ !

चूडामणि रेग्मी
मुक्की खाने गफ !

मुक्की खाने गफ !

चूडामणि रेग्मी
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x