साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय, सपना र समाज

कुनै सपनाले हानी मात्र गर्छ र अब हर सपनाहरूलाई घर नै समृद्ध पार्न लगाउनु पर्छ आफ्नै ठाउँ छोडेर अरुको परदेशीको उन्नतिले आँखामा रमिता त देला तर सपनाको मुक्ति दिँदैन

Nepal Telecom ad

मेचीको जङ्गे पिलर सार्दै
घम्साघम्सी गर्दै
समय भित्री रहेछ
तिनपाने पिउँदै खुट्टाहरू बटार्दै
समय हिँडिरहेछ
र पनि हामी उसलाई निस्पाप सम्झन्छौ
धनुष्टङ्गार भएर नमस्कार गर्छौ
ऊ भने हाम्रो आब्रुकलाइ पिसाब फेरिरहेछ
मानौ उसलाई सबै कुराको लागि
छुट छ
मानौ ऊ हाम्रो लागि आराध्यदेव भगवान हो
उसको कर्म नै हाम्रो नियति हो
तर अहँ, हामी मान्दैनौ
समय हुनको लागि
आफ्नै मर्यादामा पो बस्नुपर्छ
हाम्रो मेचीलाई हाम्रो कालीलाई
गिद्दे नजर नलाउनु पर्छ
तर उसलाई केहि फरक परेको होइन
ऊ त उसको समृद्धिमा मात्र निदाउँछ
हाम्रो जीवन भाँडमा जाओस्
तर अब त्यसरी हुँदैन
समय भित्रन नै दिनुहुन्न
ऊ पाहुनाको लागि भित्रिएको हो भने
असल सोचले हेरेको हो भने
हामीलाइ स्वीकार छ,
नत्र त हामीलाई तल खसालेर
हाम्रो आब्रुकलाई किचिमिची पारेर
हिँड्न आउने कुनै समयलाई
अहँ। हिँड्ने छुट छैन

जिन्दगीको रोटेपिङमा
नहुने नहुने कुरा देखाउँछ सपना
करेसाबारीमा खोस्रदैन
ससानो काम पनि गर्दैन
खाली विदेशमा जान खोज्छ
अरुको दास बन्न खोज्छ
यस्तो सपनासित जिन्दगीले
कुन अपनत्वको तारले आफूलाइै जोड्नु ?
आमाबाको कुरा मान्दैन
कला संस्कृति जान्दैन
मानवता र मानवीय कुरा पढ्दैन
तर रट लगाउँछ
सले नै जानेको हो सबथोक
उसले नै बुझेको हो संसार
पान पिएर भित्तामा थुक्दै भनिदिन्छ
यहाँ के नै छ र !
यहाँ केहि कमिन्न
यहाँ कमाउन सकिन्न यहि सोचेर
चरा हवाईजहाजमा चड्छ
आफ्नो बैँस उमेर सौर्य सबै विदेशको
सेवामा राखिदिन उताउलिई बस्छ
सपनाले सपनाको मर्मलाइ बुझ्न पर्दैन र !
खेतबारी, अन्नबाली, फलफूल लालुपाते नचिन्ने, आफ्नो अर्को भनेर
अभिभावकत्वलाई ग्रहण नगर्ने
कुनै सपनाले
हानी मात्र गर्छ
र अब हर सपनाहरूलाई घर नै
समृद्ध पार्न लगाउनु पर्छ
आफ्नै ठाउँ छोडेर अरुको परदेशीको उन्नतिले
आँखामा रमिता त देला
तर सपनाको मुक्ति दिँदैन
यी सपनाहरूले बुझ्न आवश्यक छ

समाज आएर नै समाज कहलिन्छ
तथ्य तर्क र वैज्ञानिक दृष्टिकोणबाट
समाजको मुहारमा चमक टप्कन्छ
तर फोस्रो नक्कलमा अभ्यस्त हुन्छ भने समाज
मान्छेहरूलाई गतिलो बाटोमा होइन
अल्लारे र लैबरीको कर्तव्यहीन कोरशमा रमाउन सिकाउँछ भने
त्यो समाज नै वास्तविक समाज होइन
त्यसले मानिसलाई सामाजिक बनाउनु सट्टा
फोस्रो सान लिने मात्र बनाउँछ
कामचोरहरूको बिगिबिगी
देखासिकीहरूको लम्बेतान
डनगिरीहरूको मनपरी आँखामा राखेर
हर मिनेट हर सेकेन्ड र हर घन्टामा
घमण्डी र घामट बन्छ
यसर्थ हर मानिसहरू बस्ने समाज
फोहरहरूको डङ्गुर हुनुहुन्न
कामुकहरूको निशाना बन्नुहुन्न
नक्कलहरूको जाली रुमालमा साटिनु हुन्न
समाज धरोहर हो
समाज पहरेदार हो
तर समाज नै परजीवीहरूबाट परिचालित छ
मूर्ख र बदमासहरूबाट आकृष्ट छ
अब समाजको मुहारमा आयातित संस्कृतिको नक्कलको क्रिमको सट्टामा
आफ्नै अर्गानिक स्वाभिमानको
दौरासुरुवाल लाउनुपर्छ
अपनत्व र राष्ट्रिय एकताको चौबन्दी गुन्यौ चोली सुहाउनु पर्छ
समाज नै भनी सकेपछि
मनमा लालीगुराँसको सुबास
र शिरमा उच्चताको सगरमाथा उठ्नुपर्छ
अब समय निस्वार्थ हुनुपर्छ
सपना कर्मवीर
र समाज हाम्रो आँखाको नानी हुनुपर्छ
हामीलाइ प्रगतिमा कसैले रोक्ने छैन ।

०००
दमक, झापा
हाल – अबुधाबी, युएइ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विवेक दुलाल क्षेत्री
लालायित

लालायित

विवेक दुलाल क्षेत्री
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x