साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्डेपेन्स डे

रातसँगै मात चढ्दै जाँदा मैले भद्रताको जात त्यागेर अर्धबेहोसीमा कराएँ - सबैलाई छोडी तिमीसित मिलाई जोडी म पनि मनाउँछु इन्डेपेन्स डे । एक हुल हाँसोले होटेलै थर्कायो ।

Nepal Telecom ad

निमन्त्रणा कार्डमा लेखिएको थियो- इन्डेपेन्स डे मनाउन होटल रोयल समाजमा साँझको सात बजे अथितिको रुपमा पाल्नुहुन अनुरोध छ ।

म आफूलाई कसैको गुलाम मान्दिनथेँ । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले किन इन्डेपेन्स डे मनाउनुपर्‍यो ? मनले मनलाई नै प्रश्न गर्‍यो ।

कडा मनको प्रश्नलाई कोमल मनले जवाफ फर्कायो – अनादिकालदेखि स्वतन्त्र रहनेले पनि इन्डेपेन्स डे मनाउनुपर्छ ।
दश जना मात्र थियौँ होटलमा । एक आयोजिका थिइन् एघारौँ । दश जना पुगेकै बेला भनिन् – “म जन्मिँदा नै स्वतन्त्र जन्मेकी थिएँ तर जन्मेपछि आफूलाई बन्धनमा पाएँ । मेरो बुबाको ठेगान नभएकोले म स्वतन्त्र थिएँ जन्मँदै । हिजो श्रीमान्लाई ठेकान लगाएँ, घरबाट भगाएँ । उनको भविष्यमा आगो लगाएँ । बालबच्चा उनको जिम्मा, आधा कमाइ खाने भएँ । अब म स्वतन्त्र भएँ । त्यसैले इन्डेपेन्स डे मनाउने सुरुआत गरें ।”

“अब भोक न भकारी र न चिन्ता न चौतारी छ मेरो जीवनमा । म संसारको सबैभन्दा स्वतन्त्र मानिस । म कसैलाई कुनै नाता भन्दिनँ, कुनै नातालाई केही गन्दिनँ । मान्छु आफ्नै मर्जी न कसैको अर्जी । आउनुहोस् केवल स्वतन्त्र बनौँ र दुनियाँलाई सबै बन्धनबाट मुक्त गरौँ । पर्सनल इन्डेपेन्स डे मनाऔँ ।”

दश पुरुषका बिच एक्लो महिलाको पुरुषार्थ सुनेर सबैले एकै स्वरमा भने – ह्याप्पी इन्डेपेन्स डे ।
सबैले गिलास उठाए, टक्र्याए अनि फेरि बोले – ह्याप्पी इन्डेपेन्स डे ।

मैले कहिल्यै पिएको थिइनँ । एक नयाँ इतिहासको स्वागत गर्न धोकें धोक्नुसम्म । रातसँगै मात चढ्दै जाँदा मैले भद्रताको जात त्यागेर अर्धबेहोसीमा कराएँ – सबैलाई छोडी तिमीसित मिलाई जोडी म पनि मनाउँछु इन्डेपेन्स डे ।
एक हुल हाँसोले होटेलै थर्कायो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x