साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुबोस् देश चाहे

यता भन्छु यो देशको रक्त मै हुँ उता भन्छु स्वामी ! सही भक्त मै हुँ हमेशा दुई धार जिब्रा अँगाल्छु डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।

Nepal Telecom ad

अरूबाट मैले सिकेँ राजनीति
अरूको सिकेँ जाल बुन्ने कुरीति
परेमा अरूकै म झण्डा उचाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।१

म मन्त्री बनूँ अर्ब खर्बौं कमाऊँ
गरीबी थमाऊँ र मस्ती जमाऊँ
यसै निम्ति सम्पूणर् ऊर्जा निकाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।२

मिलेदेखि सत्ता दुई तीन साल
म बेच्थेँ सबै देशको वस्तु माल
नदी भूमि सीमा र नक्शा म फाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।३

दुवै हात जोडी उता जान्छु माग्छु
पुनः लाज छोडी यता जान्छु माग्छु
परी पाउ ‘स्वामी’ भनी छाँद हाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।४

मलाई त सत्ता भए मात्र पुग्छ
कि लत्ता कि भत्ता भए मात्र पुग्छ
बरू ताप्न आगो म यो देश बाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।५

यता भन्छु यो देशको रक्त मै हुँ
उता भन्छु स्वामी ! सही भक्त मै हुँ
हमेशा दुई धार जिब्रा अँगाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x