सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डुबोस् देश चाहे

यता भन्छु यो देशको रक्त मै हुँ उता भन्छु स्वामी ! सही भक्त मै हुँ हमेशा दुई धार जिब्रा अँगाल्छु डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।

Nepal Telecom ad

अरूबाट मैले सिकेँ राजनीति
अरूको सिकेँ जाल बुन्ने कुरीति
परेमा अरूकै म झण्डा उचाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।१

म मन्त्री बनूँ अर्ब खर्बौं कमाऊँ
गरीबी थमाऊँ र मस्ती जमाऊँ
यसै निम्ति सम्पूणर् ऊर्जा निकाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।२

मिलेदेखि सत्ता दुई तीन साल
म बेच्थेँ सबै देशको वस्तु माल
नदी भूमि सीमा र नक्शा म फाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।३

दुवै हात जोडी उता जान्छु माग्छु
पुनः लाज छोडी यता जान्छु माग्छु
परी पाउ ‘स्वामी’ भनी छाँद हाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।४

मलाई त सत्ता भए मात्र पुग्छ
कि लत्ता कि भत्ता भए मात्र पुग्छ
बरू ताप्न आगो म यो देश बाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।५

यता भन्छु यो देशको रक्त मै हुँ
उता भन्छु स्वामी ! सही भक्त मै हुँ
हमेशा दुई धार जिब्रा अँगाल्छु
डुबोस् देश चाहे, म पार्टी सँभाल्छु ।६

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
के के बनाए

के के बनाए

कृष्णशरण उपाध्याय पाैडेल
पर्दैन के लज्जित बन्न हामी ?

पर्दैन के लज्जित बन्न...

कृष्णशरण उपाध्याय पाैडेल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही