साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवकाशपछिको चतुरमान

न यसो कुनै राजनीतिक पार्टीले चुनाउको टिकट दिन्छ भन्ने छ न के ? टिकट दिइनै हालेछन् भने पनि जनताले तिम्लाई चिन्दैनन्, भोट हाल्नु त अझ परको कुरा । कथङ्कदाचित् पार्टीको अनुहार हेरेर भोट दिएछन् र जिताएछन् भने पनि त्यहाँ पढेलेखेकै मान्छे हुनुपर्छ भन्ने छैन ।

Nepal Telecom ad

कुरो सहरिया गाउँतिरैको हो । उसको खास नाउँ अकबर बहादुर भए पनि गाउँ घरमा उसलाई सबैले अकबरे कान्छो भन्थे । तीन चार वटा कति छोरी थिए, छोरा थिएनन् । श्रीमतीचाहिँ जो जुरेको मेलापात, ज्यामी काम गरेर परिवारको गुजारा चलाउँथिन् । दुःखै गरेर भए पनि छोरीहरूलाई अलिअलि पढाएकी पनि थिइन् । अकबरे कान्छो भने घर व्यवहारको वास्ताव्यास्ता त के आफ्नै ज्यानको पनि कुनै परवाह गर्दैनथ्यो र साँझ बिहान जतिखेर पनि सडाइएको अन्नको झोल शरीरका हरेक कण र रक्त नलीमा सिञ्चित गराएर यता र उता लरबरिएर सडक नाप्तै हिँड्थ्यो । सडक नाप्ने क्रममा उसलाई कतिखेर के झोक चल्थ्यो कुन्नि कहिलेकाहीँ त त्यही सडकमा मज्जाले नाचिरहेको हुन्थ्यो । यसरी नाचिरहँदा उसको गीत भने सधैँ एउटै हुन्थ्यो- “आई हायभ् नो सन, नो टेन्सन ।” अहिलेका लिङ्ग मुद्दाधारी अधिकारवादीहरूले सोह्रै आना पुरुषपक्षीय यस्तो गीत सुन्नु परेको भए अकबरेको मुख च्यात्ने थिए होलान् तर त्यतिखेर मान्छेमा त्यस्तो चेत सुषुप्त अवस्थामा मात्रै रहेकाले त्यसो गरिहाल्न चाहिँ सकेका थिएनन् ।

यतिखेर चतुरमानलाई त्यस्तै त्यस्तै समस्या आइलागेको छ । वर्षौँको सरकारी जागिरे चतुरमान अवकाशपछिको पेन्सनमा छ । पेन्सन थाप्न परेदेखि यता उनलाई टेन्सन सुरु भएको छ । न दश पाँच गर्नु पर्ने न कहीँ हाजिर र चाकडी नै बजाउनु पर्ने, कामै नगरी पैसाचाहिँ खुरु-खुरु आइरहने । त्यही भएर चतुरमानलाई टेन्सन भएको होला भन्नेहरू पनि टोल छिमेक र समाजमा नभएका होइनन् । यता चतुरमानलाई भने उनीहरूको सोच विपरीतका कुराले टेन्सन थपेको छ, पेन्सनले होइन ।

मङ्गलीले दिन नबिराईकन धोइदिएकी सेता सर्ट । कार्यालयले तोके अनुसारको पायन्ट, टाई र टोपी । त्यसमाथि पत्र-पत्र मिलाएर चट्ट आइरन गरेर पट्ट्याइएका कपडाको आकर्षण नै अर्को । सिप भएका हातले आइरन गरेको पायन्टको क्रिज/धार चुलेसीले भन्दा सजिलोसँग आलु काट्लाभैmँ देखिने । टिलिक्क टल्कने काला जुत्ता । मोजाले एक दिनभन्दा बढी गोडामा गुम्सिनु नपर्ने । मज्जाले गनाउने हुन्छु भन्दा पनि उसलाई कहिल्यै त्यस्तो अवसर जुर्दैनथ्यो । कसैले कहिल्यै केही नभनी मङ्गलीले यी सबै कुराको चाँजापाँजो मिलाइसकेकी हुन्थिन् । चतुरमानले पनि कहिल्यै केही भनिरहनु पर्दैनथ्यो । यी सबै कुराले सज्जित भएर वास्नादार विदेशी झोल यसो काखिमुन्तिर छर्केपछि त चौकी टोलभरि चतुरमानसँग ननजिकिने कोही हुँदैनथ्यो । अफिस पुगेपछि पनि उसका नजिक धुम्मिनेको ताँती लाग्थ्यो । एकचोटि चतुरमान सरलाई नभेटी अफिसको काममा हात हाल्ने सायदै कोही हुन्थे होलान् ।

अतीतका सम्झनाले चतुरमान बेलाबेलामा छटपटिइरहन्छ । पिरोलिइरहन्छ । पुराना यादबाट मुक्त हुन्छु भन्दा पनि त्यसबाट पार पाउनै सत्तैmन । कता-कता कुन दुलाबाट अतीतको सम्झनाका पोखरीमा डुबुल्किन पुगिहाल्छ । जब उसमा अतीतका सम्झनाले प्रवेश पाउँछ, ऊ आपूmलाई त्यसै-त्यसै शिथिल अनुभव गर्न थाल्छ ।

“कुकरमा दाल बसाल्दिएर यसो तरकारी केलाइकुलाई गर्दै गरे पनि त हुन्थ्यो नि ! त्यति गर्दैमा तपाईंको न जात जान्छ न पेन्सन घट्छ । सधैँ मैले मात्र गर्नु पर्छ भन्ने कहाँ लेख्या’छ ? त्यसमाथि म पनि पूजा गर्दैछु । त्यसै बसिरहेकी छैन ।”

कहिल्यै यसो नभन्ने मङ्गलीको यो झर्कोफर्कोले चतुरमानलाई फेरि उही पुराना दिनको यादमा फर्काउँछ । विगतका सम्झनामा अलमलिएर रमाइरहेका बेला मङ्गलीका मुखारबिन्दबाट अर्को आदेश ओइरिन्छ- “त्यहाँ नातिले थाङ्नामा फोहोर गर्‍यो जस्तो छ । फेरि यता उता अरू लुगामा पनि लत्पत्याउला । राम्रोसँग सफा कपडाले पुछपाछ पारेर ओभानो थाङ्नो फेर्दिनुस् त । बुहारी पनि एक्कैछिन ब्युटी पार्लरसम्म पुगेर आउँछु भनेर ग’की अहिलेसम्म आ’की छैन । नातिले अघिदेखि सु गरेका थाङ्ना पनि सके त्यहीँ होलान् । पक्कै पनि सुका’को छैन । घाममा लगेर यसो झुन्ड्याइदिँदै गर्नुस् न, अलि-अलि भए पनि सुक्दै गर्छ । सबै कुरा मै मात्र गर्न काँ भ्याउँछु र भन्याँ ?”

“काजीमान, एक गिलास तातो पानी ल्याऊ त । सरहरूलाई यसो तातो चिया पनि ख्वाऊ । पल्लो कोठामा गएर रमितालाई सरले बोलाउनु’भा भनेर एकछिन बोलाऊ पनि । बाहिर ग’र ड्राइभरलाई कतै नजानु, सरको एकछिन बाहिर जानु छ अरे भनेर आऊ त पहिला ।”

“नमस्कार, नमस्कार । बस्नुस् । सबै ठिकै छ नि ? कहिले आइयो बाहिरबाट ? काम भन्याँ त्यस्तै हो, गर्दै गर्नु होला नि । मन्त्रीज्यूले अस्ति खोज्नु भा’थ्यो रे ? ठिकै छ । केही काम परेर खोज्नु भ’को होला । अहिले भेटुँला म । मन्त्रीज्यूलाई म एकछिन भइन कि छटपटी भइहाल्छ । ए ! काजीमान, आज टेबुल कुर्सी पुछेनौँ कि क्या हो ? हेर त टाढैबाट धुलो टल्केको देखिन्छ ।”

चतुरमानले तन्द्रामा परेभैmँ गरी अवकाशअघि भएका कार्यालयका पुराना कुराकानी र वार्तालाई मनमा नचाएर एकछिन सन्तोष लियो । मनलाई आनन्द दिलायो । अवकाशअघिको मङ्गलीको व्यवहारमा एकछिन चुर्लुम्म डुबेर मङ्गलीलाई एक पटक अँगालो हालुँ जस्तो पनि लाग्यो उसलाई । कति आज्ञाकारी छे मेरी मङ्गली । कति सेवा गर्छे त्यसले मेरो । कसै गरे पनि म तिनको ऋण तिर्न सक्तिन । अरूका श्रीमतीसँग म तिनलाई दाँज्छु । अरू थोक त त्यस्तै हो, मङ्गलीका अगाडि त ती तिनको गोडामा राख्न पनि सुहाउँदैनन् । चतुरमानले अतीतकै यात्राको सम्झनामा आपूmलाई डुवाएर फेरि अर्को आनन्द लियो ।

पूजाको काम सकेर भान्सामा पसेकी मङ्गलीले फेरि अर्को गीत गाइन्- “हैन ए ! बुढा के हाकिम पल्ट्या छौ ! चिया खानु पर्दैन ? चिया खाने हो भने पसलमा गएर झट्ट दुई पाउन्ड दूध लिएर आऊ । दोहोरो किन हिँडिरहनु, एक जार पानी पनि काँधमा हालेर ल्याउनू । पिउने पानी पनि यही बेलामा सिद्धिएको छ ।”

चतुरमान आफ्नो पछिल्लो दैनिकी सम्झँदै लुरु-लुरु पसलतिर लागे । कुन सुरमा हिँड्दा पर्स पनि खल्तीमा हाल्न बिर्सेछन् । दूध लिइसकेपछि पो उनलाई घरमै पर्स छुटेको याद आयो । सधैँको चिनेजानेको पसले त हो नि भनेर अघिपछिभैmँ पैसा एकछिनमा ल्याइदिन्छु है, पर्स घरमै छुटेछ भनेर के अगाडि बढ्न खोजेका मात्र थिए पसलेले मिठो भाषामा- “काजीसाहेब बिहान बिहानै उधारो गर्न त मिल्दैन नि, नजिकै छ पैसा लिएर आउनुस् अनि मात्र सामान लैजानु होला । तपाईंको सामान अरूले लैजाँदैनन् क्यारे । म यहीँ हुन्छु” भनेर छ्वास्स भनी त हाल्यो ।

सधैभरि गाडीमा हिँड्ने काजीसाहेब एक डेढ महिनादेखि लुखुर-लुखुर पैदलै बजारतिर निस्कन थालेपछि पसलेले काजीसाहेबका बारेमा सबै कुरा बुझिसकेको रहेछ । त्यसमाथि सिन्कोदेखि कप्टेरोसम्म सबैथोक आपैmँ किनमेल गर्ने मङ्गली कजिनी काजीलाई झोला बोकाएर झिलिक्क भ’र बजार लाग्न थालेपछि पसलेले चतुरमान काजीका विषयमा थप बुझ्नु पर्ने अरू केही पनि देखेको थिएन ।

“खाना तातै खाने होला । तरकारी डढ्न आँटिसक्यो । म अचार बनाउँदैछु । त्यहाँ तीन चार वटा गिलास र थाल कचौरा यसो पखाल्न पाए पनि हुन्थ्यो नि । हिजोदेखिका जुठा भाँडा त्यसै छन् । माझ्नै भ्या’को छैन । पकाएको भाँडा भए अलि गाह्रो हुन्थ्यो माझ्न, खाएका भाँडा त यसो मस्को लगा’र पखाल्दा भइहाल्छ नि । त्यति गाह्रो हुँदैन, सजिलै हुन्छ । काम गर्ने केटो पनि घरमा काम छ भनेर हिँडेको एक महिना भइसक्यो । अभैm आएको छैन । उस्तै परे नआउन पनि सक्छ । यस्तै अप्ठ्यारो परेका बेलामा सजिलो हुन्छ भनेरै त घरभित्रै यसो दुई चार वटा भाँडा पखालपुखुल गर्न सक्ने ठाउँ बनाई राखेको नि । होइन भने बाहिरै धारामा माझमुझ गरे भइहाल्थ्यो नि । नचाहिँदो पैसा किन खर्च गरिरहनु पथ्र्यो र ?”

मङ्गलीका यी माङ्गलिक वचनले चतुरमानलाई आपूm एकै पटक दुई तह बढुवा भएभैmँ लाग्यो तर भनिहाल्न चाहिँ केही सकेनन् । मान्छेले कहिले काहीँ केही दुःख अप्ठ्यारो पर्दा यो अघिल्लो जुनीको कमाइ हो भनेर भनेको चतुरमानले पनि सुनेको थियो, यतिखेर उनले पनि त्यही सम्झे कि क्या हो थप केही बोल्ने आँट गरेनन् ।

“खाली सिसि पुराना पत्रिका, कागज । फलाम, बोरा, स्टिल दराज, साइकिल, प्लास्टिकका भाँडा के छ हुजुर ?”
“खाली सिसि पुराना पत्रिका, कागज । फलाम, बोरा, स्टिल दराज, साइकिल, प्लास्टिकका भाँडा के छ हुजुर ?”

घर बाहिर काँधमा रातो रूमाल हालेर साइकिल डोर्‍याउँदै गरेको मान्छे कराउनेबित्तिकै मङ्गलीका कान ठाड्ठाडा भए । चतुरमान खाना खाएर बिछ्यौनामा यसो झकाउन लागेका मात्र के थिए मङ्गलीले उसै गरी सङ्गीतबिनाको गाना छोडिहालिन्- “हैन ए ! काजी साहेब दराजका यी किताब, कापी र पत्रपत्रिका बेचिदिए हुन्न ? अलिकति भए पनि पैसा आउँछ । पैसा आउँछ मात्र होइन कोठा पनि अलि फराकिलो हुन्छ । अहिले किन्ने मान्छे घर अगाडि नै आएको छ, बेचिदिए हुन्न ?”

चतुरमानलाई मङ्गलीका कुरा चित्त बुझेनन् र इन्कारीसूचक टाउको हल्लाए । काजीले टाउको हल्लाएको कजिनीले देखिनन् र फेरि च्याँठिइन्- “के सुनेको नसुन्यै गरेको भन्याँ ! के गरूँ दराजका यी किताब, कापी र पत्र-पत्रिका बेचिदिए हुन्न ? दुई चार पैसा पनि आउँछ कोठा पनि फराकिलो हुन्छ ।”

“किताब, कापी, पत्र-पत्रिका पनि कहीँ बेच्छन् । फुर्सदका बेलामा पढ्न हुन्छ । यसो केही हेर्न/जान्न हुन्छ । किन बेच्नु ? हुँदैन ।” चतुरमानले बोलीले जवाफ लगाए ।

“अब पढेर के गर्छौ ? जागिर खानु छैन । स्कुल कलेज कतै पढाउनु छैन । घरमै बसेर घरका जहान परिवारलाई कचकच गर्न र पिरिरहनलाई पढ्नै पर्दैन । अनि के काम यी किताब ?” मङ्गलीको आफ्नो छुट्टै तर्क थियो ।

उनी थप्दै थिइन् – “न यसो कुनै राजनीतिक पार्टीले चुनाउको टिकट दिन्छ भन्ने छ न के ? टिकट दिइनै हालेछन् भने पनि जनताले तिम्लाई चिन्दैनन्, भोट हाल्नु त अझ परको कुरा । कथङ्कदाचित् पार्टीको अनुहार हेरेर भोट दिएछन् र जिताएछन् भने पनि त्यहाँ पढेलेखेकै मान्छे हुनुपर्छ भन्ने छैन । यसो कुरा गरेर मान्छेलाई अल्मल्याउन जाने भइहाल्छ । त्यसमाथि जनताको काम पन्छाउन के गर्नुपर्छ भन्ने तिम्ले जागिर खाँदै जत्ति पनि सिकेकै छौ, अब कसैले सिकाउनै पर्दैन । अनि किन चाहिए चाहिने नचाहिने कुराका भारी बिनसित्तिका यी किताब ? संसारमा किताब पढेर को ठूलो भा’छ ? बरु नपढ्ने ठुला भा’छन् । लु हेरूँ त एक अक्षर नपढरे पनि कमिला कत्ति बुद्धिमानी छन् । कत्ति जाँगरिला छन् । कत्ति सिपालु छन् । कमिलाले यी किताब कहिल्यै पढे लेख्या छन् ? पाए बरु चपाइदिन्छन् । चाहिने नचाहिने कुरा गर्छौ ? घरमा किताब थुप्र्‍याएर मात्र हुन्छ ? त्यसमाथि पनि एक गाँस भात खाँदा तीन गिलास पानी खानु पर्ने यो बुढो उमेरमा पढ्ने लेख्ने अरे ! कसैले पत्याउनु पनि पर्‍यो नि ! अचम्मको कुरो ।”

काजीभन्दा कजिनी झन्डै दश बाह्र वर्षै कम उमेरकी हुनुपर्छ । अहिलेसम्म आफूले आँखा चिम्लेर विश्वास गरेकी कजिनीका यी पछिल्ला कुरा सुनेपछि चतुरमान काजी साहेबलाई औधी चित्त दुखाइ भो । उनले मनमनै यसो सोचे- “म जागिरबाट पो तीस वर्षे सेवा अवधि पूरा भएर अवकाश भएँ त, उमेरबाटै अवकाश भएको त हैन नि । अनि, यी कजिनीले बुढो भनेर मलाई हियाउनुको कारण के ? ‘बुढो’ को उपाधि भिराउनुको कारण के ? मैले जान्या छु यिनलाई ।”

घरैकीबाट ‘बुढो’ को उपाधि पाएका चतुरमान काजी साहेब मनको पीडा मनैमा खेलाउँदा खेलाउँदै एक्कैछिनमा कोल्टो परेर आवाज सुनिने गरी घुर-घुर घुर्न थाले । उता मङ्गली भने किताब बेचुँ कि के गरूँ भनेर एकसुरले अझै कराउँदै थिइन् ।

०००
‘समभाव’, २०७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x