साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाह्री

इमान्दारी, वफादारी, ती दाह्री पो दाह्री गद्दारी र फौज्दारी, ती नराम्रा दारी ! ठेकेदारी, जमिन्दारी, रौं बिनाका दारी ज्यालादारी हवल्दारी, उस्तै चौकीदारी !

Nepal Telecom ad

पालौं फालौं, आफ्नो मर्जी, आफ्ना जुँगा दाह्री
फाल्दा खर्च, पाल्दा व्यर्थ, के काम जुँगा दाह्री ?

सेता पनि आफ्नै दाह्री, काला पनि आफ्नै
काला, सेता, तिल चामले, सबै बराबरी !
छालामाथि पलाएका, काला जुँगा दाह्री
फुल्छन् मात्रै फल्दैनन् यी, कस्ता हावादारी !

को वियोगी ? को हो जोगी ? को हो मनोरोगी ?
कुन दाह्री हो आडम्बरी ? कुन हो, सदाचारी ?
उम्रेपछि, उम्रे, उम्रे, उम्रे भने, दाह्री
कपाल बरु खुईलिजान्छ, के खुईलिन्थे दाह्री !

दाह्रीवाला ब्रह्मचारी, कि आतङ्ककारी ?
अपवादमा रवीन्द्रनाथ, लेखनाथका दाह्री !
दाह्री बढे जस्तैगरी, आय बढ्ने भए
सरकारले नै गर्ने थियो, ‘दाह्री कर’ तयारी !

काला फुले पनि सेतै, खैरा फुले पनि
आखिरीमा सबै सेतै, कस्तो समझदारी
दाह्री राम्रो भए किन बुच्चै छन् त नारी ?
उफ्रिहाल्थे क्रान्तिकारी, गर्थे, खबरदारी !

सीमा छैन यी दाह्रीको, बीमा पनि छैन
उखेल्देलान् हुनैपर्छ, सधैँ होसियारी
दाह्री जुँगा, भएर पो, दाजु-दाजु भन्छन्
कपाल मात्रै पाल्या भए भन्थे, जटाधारी !

इमान्दारी, वफादारी, ती दाह्री पो दाह्री
गद्दारी र फौज्दारी, ती नराम्रा दारी !
ठेकेदारी, जमिन्दारी, रौं बिनाका दारी
ज्यालादारी हवल्दारी, उस्तै चौकीदारी !

आलस्यले, वैराग्यले, या रहरले पालुन्
जति काटुन् तर सधैँ, ‘बढौं’ भन्छन् दाह्री !
स्पर्शमा आनन्द छ, चाहे जता दल्नोस्
उस्तै उस्तै हुन् दाह्री र रुमाल, भुवादारी

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x