साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाहन चालक : उसको लभ लेटरमा

ट्राफिक हवल्दार (तिम्रा बड़ाबाबु) हेर्दा बेड फोर्ड गाड़ीजस्ता देखिए पनि उऩको चेसिस् (छाती) गजबकै रहेछ । स्पेयर टायर (तिम्री बहिनी)-को फुरफुर रेसिङ कारभन्दा कम्ति थिएन । नट-बल्टु (भाइ-बहिनी) हरू सबै थर्ड गियरमा उफ्रेको देखेँ । खुसी लाग्यो ।

Nepal Telecom ad

सम्पादकीय टिप्पणी : अबदेखि फित्कौली डटकममा अन्तर्राष्ट्रिय व्यङ्ग्यकार कृष्ण प्रधानको व्यङ्ग्यात्मक लभ लेटर नियमित प्रकाशित हुनेछ । -प्रधान सम्पादक ।

मेरो जीवनको गियर बक्स,
एक सय बीस किलोमिटर स्पिडको माया तिमीलाई ।

आफ्नै धुनमा प्रणय वाहन हाँकेर गोलाइ पाखानेर आइपुग्दा तिमीले पनि स्कूले जीवनमा सुन्दरी मारुत हाँकेर गोलाइ पाखामै मलाई साइड दिएकीले नै मैले तिम्रो सुन्दरता अनि सुडौल शरीरलाई ओभरटेक गरी मेरो लभ तिम्रो यौनातुर हृदयमा अनलोड गर्ने सिग्नल पाएको हुँ । यो प्रणय हाइ-वे-मा तिम्रो मिठाइलो मुस्कानको हेड लाइट र छड़्के हेराइको इण्डिकेटरले माली मेरो प्रणय वाहनको डिपर युज गर्न वाध्य गरायो ।

यो प्रणय वाहन हाँक्नु मलाई फलामकै चिउरा चपाएजस्तै भयो । किनभने एम भी आई (तिम्रा बाबा). ट्राफिक पुलिस (तिम्रा दाजु-भाइ)-हरूले मेरो प्रणय वाहनको लाइसेन्स (तिमी) नै खोस्ने कम्ति प्रयास नगरेका होइनन् । कति दिनसम्म तिमीलाई ग्यारेज (घर)-भित्रै राखिदिँदा मेरो प्रणय जीवनको ब्रेक फेल होला कि भन्ने डर र त्रासले मेरो मुटुको हेड लाइट झण्डै फ्यूज होला होला जस्तै नै भएको थियो । तर तिम्रो स्पेयर टायर (बहिनी) मार्फत् मेरो ह्याण्डी ब्वायको हातमा ब्लु बुक (लभ लेटर) पठाइदिँदा मेरो मुटुको इण्डिकेटर बल्न थालेको हो मेरो गियर बक्स ।

मेरो जीवनको माइल मिटर, मेरो निम्ति तिमीले तिम्रो स्कूले जीवनबाट ब्याक गियर लाउनुपयो ! ग्यारेजबाट निस्किने ग्रीन सिग्नल कहिल्यै पाइनौ ! जैले नि रेड सिग्नलको रेड सिग्नल । कथङ्गल निस्किहाल्यौ भने पनि तिमीसित ट्राफिक डिएसपी (आमा), हेड लाइट (दिदी), नट बल्टु (भाइ) अनि सिट कभर (काम गर्ने केटी)- हरूको कन्भेय हुन्थ्यो । यस्तो अवस्थामा हर्न बजाउने (बात मार्ने) कसरी ? तर हाम्रो यो प्रणयको हाइवे-मा जतिसुकै बम्पर वा स्पिड ब्रेकर (वाधा) को माझमा साइड दिने ठाउँ (कतै भेटेर प्रणयालाप गर्ने ठाउँ) नभए पनि तिमीले तिम्रो लभ स्पिड कहिल्यै स्लो गरिनौ । मदेखि टाढ़ा गराउन तिम्रो ग्यारेजका मालिक अनि स्टाफ (परिवार)-हरूले तिम्रो इञ्जिन (मुटु)-लाई कतिचोटि सर्भिसिङ गर्दा (फकाउँदा) अनि मप्रतिको तिम्रो मरिमेटाइलाई वेल्डिङ गर्दा (भड़्काउँदा) पनि तिमीले तिम्रो मनको गियर बक्स कहिले न्यूटल गरिनौ ।

बरु तिमीले ढीटपनाको क्लच थिचेर थर्ड-फोर्थ गियरमा १२० किलोमिटरको स्पिडले तिम्रो लभ वाहन हाँकिरह्यौ कि हाँकिरह्यौ । शक्तिमान टाटा झैं तिम्रो मनको इञ्जिनलाई मैले मानेँ । गज्जब तिम्रो प्रणय वाहन हँकाइ । पेट्रोल इञ्जिन (मलाई) चेञ्ज गरेर तिम्रो जीवनमा डिजेल इञ्जिन (अर्को केटो) फिट गराउने तिनले प्रयास गर्दा पनि तिमीले वाहन भीरबाट झारिदिन्छु (विष पिएर आत्महत्या) भनेर नो हर्न जोनमा पनि कानको जाली फुट्ने गरी गतिलो हर्न (धम्की) बजाइदिँदा तिम्रा ग्यारेजका मालिकहरू (घर परिवार)का सातोपुत्लो उड़ेका कुरा सुनेर मेरो मनको शङ्का, डर, त्रास अनलोड भएको थियो । मेरो यादमा तिमी रातभरि वाहन स्टार्ट गरेर (रोएर) बसिरहन्थ्यौ, हप्ता दस दिनसम्म पेट्रोल (अन्न) पनि हालिनौ ’रे ! ग्यारेजभित्र वाहन राखी मैले नचिनोस् भनी नम्बर प्लेट चेञ्ज गराएर अर्कै डिस्ट्रिक्ट नम्बर दिलाउने (अर्कैसित हातखुट्टा बाँधिदिने) कुरा चलेपछि तिमीले आफ्नै हेड लाइट (आँखा) फुटाउने प्रयास गर्दा ग्यारेजभित्रकाहरूको ब्याट्री डाउन भएको पनि मैले सुनेँ ।

ग्यारेजका मेकानिकहरूका आँखामा धूलो हाली प्रणय वाहन हाँकेर तिमी वर्कशप (ससुराली) आयौ । रेजिष्ट्रेश गर्न (चोरी दण्ड बुझाउन) जाँदा ट्राफिक डीएसपी (तिम्री आमा)-को मुहार फगी लागेको (रिसाएकी) हाइवेजस्तो देखिए पनि डिस्टिल्ड वाटर (रम-ह्विस्की)-का बोतलहरू ट्राफिक जामजस्तै देखेपछि फगी लाइट निभेकोजस्तो लाग्यो (खुशी) र मात्रै मेरो डरको स्टेरिङ खुशीको डिलमै पुग्यो । डिस्टिल्ड वाटर फैलिन लागेको सिपाहीहरूजस्तै लस्करै देखेर ट्राफिक डिएसपीले हल्का मुस्कानको डिपर झिपिक्क-झिपिक्क पारेर स्वीकृतिको एक्सलेटर थिचेपछि मात्र मेरो डर, शङ्का निमिट्यान्नै भएर खुशीहरू तैंछाड़्-मैंछाड़् गर्दै थर्ड गियरमा चेञ्ज भएको थियो । ट्राफिक हवल्दार (तिम्रा बड़ाबाबु) हेर्दा बेड फोर्ड गाड़ीजस्ता देखिए पनि उऩको चेसिस् (छाती) गजबकै रहेछ । स्पेयर टायर (तिम्री बहिनी)-को फुरफुर रेसिङ कारभन्दा कम्ति थिएन । नट-बल्टु (भाइ-बहिनी) हरू सबै थर्ड गियरमा उफ्रेको देखेँ । खुसी लाग्यो ।

तिमीलाई मेरो जीवनको वाहन बनाउन धेरैवटा ट्राफिक जाम सँगसँगै बम्पर नाघ्नु पर्‍यो प्रिये । प्रणय जीवनमा आइपुग्ने अप्ठ्यारा-अप्ठ्यारा बम्परमा बड़ो सावधानीपूर्वक वाहन हाँक्नुपर्‍यो । तर यसमा तिमीले मेरो प्रणय जीवनमा फोर ह्विल्सको काम गर्‍यौ । साँच्चै तिमीले आफ्नो मनको एक्सलेटर थिचेर जस्तै बम्पर (वाधा-विपत्ति) पनि नाघेकीले मात्र आज हाम्रो मिलन वैवाहिक स्ट्याण्डमा आएर बिसाउन सफल भएको छ । एकजना वाहन चालकको हैसियतमा तिमीलाई एक भुल्डुङ पेट्रोल (माया) उपहारस्वरुप दिन चाहन्छु ।

यो वर्कशप (तिम्रा ससुराली)-मा तिमी आएपछि मेरो परिवारलाई सर्भिसिङ गर्नमा तिम्रो बलिदान फुल ट्याङ्की पेट्रोलभन्दा कम्ति छैन । तिमी आएपछि यो घरको चेसिस नै परिवर्तन भएको छ । बिहान उठेदेखि बेलुकी ओछ्यान नपसिञ्जेल गृहस्थी जीवनको हाइवेमा परिश्रमको वाहन हाँकी देख्दा यो वाहन चालक पतिको मुटुलाई पीरको पोलुशनले बिथोल्छ । तर के गर्ने डार्लिङ ? उपाय पनि ता छैन । एमभीआई साहेब (ससुरा)को इञ्जिन बिग्रेको (हार्ट समस्या) छ । ट्राफिक डीएसपी (सासू आमा)को टायर पङ्कचर (खुट्टा भाँचेको) छ । मारुती भ्यान (जेठी सासू-नन्दा)हरू सा-सानै छन् ।

यो वर्कशप (ससुराली)को स्टेरिङ मात्रै होइन तर यसका क्लच, ब्रेक, एक्सलेटर तिमीमाथि नै छ । तिमी आफै चालक पनि आफै ह्याण्डिब्वाय पनि । मेरा परिवारका जम्मै भार लोड गरेर वाहन हाँक्नु नहाँक्नु तिम्रै हातमा छ । यो पारिवारिक वाहनलाई खाल्डोमा हाल्नु, भीरबाट झार्नु वा होसियारीपूर्वक चिल्लो सड़कको छातीमा नगबेली आकारमा वाहन हाँकेर माल ठिक ठाउँमा पुर्‍्याउनु नपुर्‍्याउनु तिम्रै स्टेरिङमा छ ।

तिमी रातदिन १२० किलोमिटरको स्पिडमा खट्छ्यौ । अब ता तिम्रो पोलुशन (गर्भ) चेक गराउने समय भयो जस्तो लाग्दैछ । तिम्रो टूल बक्स (पेट)को पनि ख्याल राख है । किनभने यो टूल बक्समै तिम्रो-मेरो प्रणय जीवनको एसोसरिज सुरक्षित छ ।

ग्यारेज (माइतघर) त्यागी तिमी वर्कशप (ससुराली)मा आएकी छ्यौ । पारिवारिक वाहन चालिका मात्र होइन तर एकजना सुदक्ष मेकानिक भएर तिमी आएकी छ्यौ । यो वर्कशपमा तिमीले कम्तिमा पनि टभेर र वागनरजस्ता दुइवटा कार (छोरा-छोरी)हरू निर्माण गर्नैपर्छ । यी कारहरू बनाउऩे एसोसरिज जुटाउनमा यो चालक तयार छँदैछ । आज इति ।

तिम्रो जीवनको हेड लाइट
वाहन चालक ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x