साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नववर्ष  :  शुभकामनाका चार फाँकी

प्रत्येक दिन जीवनको नयाँ वर्ष होस् सबैको मुहारमा मुस्कान सहर्ष होस् । एकदिन एक गते बैशाख मात्र किन ? वर्षभरि नै उमङ्ग तरङ्गको उत्कर्ष होस् ।

Nepal Telecom ad

देश फलोस् फुलोस्- नववर्षमा- १

अमृतको गागर मेरो देश,
फलोस् फुलोस् – नववर्षमा ।
शान्त कुसुमाकर मेरो देश,
फलोस् फुलोस् – नववर्षमा ।
प्रथम दिवसको दिवाकरले,
ऊर्जा उजागर होस् देशमा ।
जाँगरको सागर मेरो देश,
फलोस् फुलोस् – नववर्षमा ।

नववर्ष होस् आत्माभिमानको- २

यो नववर्ष होस्, जनकल्याणको ।
यो नववर्ष होस्, देश निर्माणको ॥
परनिर्भरताबाट पाउनै पर्छ त्राण ।
यो नववर्ष होस् आत्माभिमानको ॥

उमङ्ग तरङ्गको उत्कर्ष होस्- ३

प्रत्येक दिन जीवनको नयाँ वर्ष होस्
सबैको मुहारमा मुस्कान सहर्ष होस् ।
एकदिन एक गते बैशाख मात्र किन ?
वर्षभरि नै उमङ्ग तरङ्गको उत्कर्ष होस् ।

करुणा घोल्नु छ नववर्षमा- ४

नवअवसरको झ्याल, खोल्नु छ नववर्षमा ।
जे गर्छौं त्यही वचन, बोल्नु छ नववर्षमा ॥
ऊर्जालाई झन् उजागर, गर्नु छ नववर्षमा ।
कटुता होईन करुणा घोल्नु छ नववर्षमा ॥

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x