साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निस्तो नयाँ वर्षको

काला कर्तुतको सधैँ रगरगी पैसा भयो ताकत, बढ्दा लोभ र लालसा दिनदिनै आँधो भयो आदत, आफ्नै मात्र भयो बखान बलियो दुत्कार संश्पर्शको, के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।

Nepal Telecom ad

प्यारो प्राण समान देश कसरी बेहाल बन्दै गयो
रित्याए ढुकुटी मिलेर सबले निष्ठा खरानी भयो
दर्दै दर्द सहेर बाँच्नु छ भने के काम भो हर्षको
के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।१

मारामार मुटाव मात्र जनमा खाँचो छ आत्मीयता
नेकी नैतिकता नरत्व नहुँदा सङ्कीर्ण सामीप्यता
स्वार्थै स्वार्थ बढे सुकर्म सकिए मन्दी छ उत्कर्षको
के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।२

बिर्से वीर पराक्रमी पुरुषका गाथा गुणी ज्ञानका
पुर्खाका पहिचान पावन कथा सर्वोच्च सम्मानका
लत्याए इतिहास बेकदर भो सम्पूर्ण सङ्घर्षको
के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।३

काला कर्तुतको सधैँ रगरगी पैसा भयो ताकत
बढ्दा लोभ र लालसा दिनदिनै आँधो भयो आदत
आफ्नै मात्र भयो बखान बलियो दुत्कार संश्पर्शको
के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।४

चोखो छैन विचार शुद्ध मनले सोच्दैन कोही यहाँ
बिक्री हुन्छ विवेक उच्च दरमा सत्कर्म मिल्ने कहाँ
धज्जी धेर उड्यो रहेन मनितो निष्पक्ष निष्कर्षको
के लेखूँ शुभकामना म अहिले निस्तो नयाँ वर्षको ।५

०००
चन्द्रागिरी नगर पालिका- १३, काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x