साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार

वाचा भङ्ग भए विकाश थलिए उच्चा भए लालच बिग्र्यो बुद्धि विवेक चिन्तन सफा आँधो भयो आदत काला क्लेश बढे इमान सकिए आकासिए चाहना पापाचार जताततै बिगबिगी खोटा भए कामना ।

Nepal Telecom ad

कोमल भट्ट :

निष्ठा न्याय निसासिए मुलुकमा निष्पक्षता नाङ्गिए
भ्रष्टाचार बढ्यो दुराशय बढे भण्डार खाली भए
चिन्ताग्रस्त सदैव शासकहरू भर्ने कसोरी घर
रोजिन्दा छलछाम झूटमुटले सच्चाइ भो जर्जर ।१

भर्ती केन्द्र हुँदै निकाय भरिए आफन्त सारा हुली
उम्दा बाहिरिए अयोग्य कतिले फेरे छिटै काँचुली
नातेदार भए पदोन्नति हुने तक्मा तरक्की पनि
छोडे देश युवाहरू सकलले जागीर खोजौँ भनि ।२

बस्ने रौब रबाफले महलमा सौन्दर्यका शानका
ओजस्वी अभिमान शोख सुविधा बेजोड सम्मानका
चोखो स्वेत कमाइबाट जगमा मिल्ला कहाँ वैभव
भ्रष्टाचार गरेर मात्र सहजै होला सबै सम्भव ।३

वाचा भङ्ग भए विकाश थलिए उच्चा भए लालच
बिग्र्यो बुद्धि विवेक चिन्तन सफा आँधो भयो आदत
काला क्लेश बढे इमान सकिए आकासिए चाहना
पापाचार जताततै बिगबिगी खोटा भए कामना ।४

चोख्याइन्छ कुकर्म जे जति गरोस् आफन्तले हर्दम
कोसेली चुलिँदा प्रशन्न अगुवा मेवा दिने उत्तम
रोक्नै पर्दछ देशले अति छिटो दुष्कर्मका ज्यादती
भ्रष्टाचार तमाम अन्त्य नभए भोग्छौँ सबै दुर्गति ।५

०००
चन्द्रगिरि – १३, काठमाडौं।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

चैत्र २४ २०८० मा पनि यही कविता प्रकाशित भएको होइन र ?
पुनरावृत्ति छिटो भएन र ?

Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
1
0
Would love your thoughts, please comment.x
()
x