साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान आदिकवि

अग्ला ओत अनन्यका अतुलका आभा छ तिम्रो अति छौ रामायणमा र भक्तिरसमा साहित्यमा सम्प्रति तिम्रो नाम प्रसिद्ध लोकभरिमा आलोक छर्ने छवि श्रद्धा आदर आज जन्मदिनमा सम्मान अर्पेँ कवि ।

Nepal Telecom ad

कोमल भट्ट :

भाषाका भरिला भरोस भवका भावार्थका भावक
भाषातात्विक भानुभक्त भरका भद्राक्ष भट्टारक
रम्घाका रमणीय राम रसका राजर्षिका रोशन
रच्ने रामकथा रसज्ञ रसिला रोजेर रामायण ~१

ओजस्वी युगका युगोचित प्रभा हे ! काव्यका साधक
देशाचार विचारमग्न बलिया संस्कार सञ्चालक
शुद्धात्मा शिरका प्रवाह प्रियता पौरुष्यका पल्लव
प्रज्ञापारमिता पिता प्रगुणका प्राक्कल्पना पालक~२

तत्कालीन समाज बोल्दछ बधू शिक्षा दियौ उत्तम
जे देख्यौ सहजै बताउन सक्यौ चैतन्यका चिन्तन
तिम्रा काव्य मिजासिला महकिला मीठा महाज्ञानका
मायाका मनका सुगन्ध सरिता सन्देशका शानका ~३

कैयौँ कालजयी कथेर कविता चौतर्फ चोर्‍यौ मन
पढ्दा ग्रन्थ गुणाढ्यका गहनका साफल्य भो जीवन
घाँसीका उपदेश दिव्य दरिला दीक्षा तथा प्रेरणा
पग्ल्यौ पूर्ण प्रभावले प्रण गर्‍यौ सत्कीर्ति संस्थापना ~४

अग्ला ओत अनन्यका अतुलका आभा छ तिम्रो अति
छौ रामायणमा र भक्तिरसमा साहित्यमा सम्प्रति
तिम्रो नाम प्रसिद्ध लोकभरिमा आलोक छर्ने छवि
श्रद्धा आदर आज जन्मदिनमा सम्मान अर्पेँ कवि~५

०००
चन्द्रागिरी नगरपालिका, वा.नं.१३ -पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x