साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार

वाचा भङ्ग भए विकाश थलिए उच्चा भए लालच बिग्र्यो बुद्धि विवेक चिन्तन सफा आँधो भयो आदत काला क्लेश बढे इमान सकिए आकासिए चाहना पापाचार जताततै बिगबिगी खोटा भए कामना ।

Nepal Telecom ad

कोमल भट्ट :

निष्ठा न्याय निसासिए मुलुकमा निष्पक्षता नाङ्गिए
भ्रष्टाचार बढ्यो दुराशय बढे भण्डार खाली भए
चिन्ताग्रस्त सदैव शासकहरू भर्ने कसोरी घर
रोजिन्दा छलछाम झूटमुटले सच्चाइ भो जर्जर ~१

भर्ती केन्द्र हुँदै निकाय भरिए आफन्त सारा हुली
उम्दा बाहिरिए अयोग्य कतिले फेरे छिटै काँचुली
नातेदार भए पदोन्नति हुने तक्मा तरक्की पनि
छोडे देश युवाहरू सकलले जागीर खोजौँ भनि~२

बस्ने रौब रबाफले महलमा सौन्दर्यका शानका
ओजस्वी अभिमान शोख सुविधा बेजोड सम्मानका
चोखो स्वेत कमाइबाट जगमा मिल्ला कहाँ वैभव
भ्रष्टाचार गरेर मात्र सहजै होला सबै शम्भव ~३

वाचा भङ्ग भए विकाश थलिए उच्चा भए लालच
बिग्र्यो बुद्धि विवेक चिन्तन सफा आँधो भयो आदत
काला क्लेश बढे इमान सकिए आकासिए चाहना
पापाचार जताततै बिगबिगी खोटा भए कामना ~४

चोख्याइन्छ कुकर्म जे जति गरोस् आफन्तले हर्दम
कोसेली चुलिँदा प्रशन्न अगुवा मेवा दिने उत्तम
रोक्नै पर्दछ देशले अति छिटो दुष्कर्मका ज्यादती
भ्रष्टाचार तमाम अन्त्य नभए भोग्छौँ सबै दुर्गति~५

०००
चन्द्रगिरि – १३ , काठमाडौँ ।
हाल :- न्युयोर्क, अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x