साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैतरणी

झक्कड जुरुक्क उठेर- “तपाईंको खसमलाई मनपर्ने खाना, वस्तु आदि भन्दै जाने हो भने उहाँलाई सबभन्दा मनपर्ने श्रीमती होला रे ! त्यो म सकार्न सक्तिनँ । लौ आजसम्म जे भयो भयो, अब पुरेत फेर्नुस् ।”

Nepal Telecom ad

आर. सी. रिजाल :

गाईदानको विषयमा मृतककी पत्नी सावित्री र पुरेत झक्क्ड बाजेबीच भनाभनको स्थिति सिर्जना हुन्छ ।
सावित्रीले- “बाजे तपाईंले गाई बुढी ठान्नु भयो कि कसो ? यी त पौष्टिक आहाराको कमी भएकी नेपाली नारीझैँ देखिएकी मात्र दोस्रो बेते हुन्” भनिन् ।
“मैले त्यसो भनेको हैन । काठमाडौंमा दुई कोठा भाडामा लिएको छु । यो गाई लगेर कहाँ बाँध्ने ? बरू सानो सुनको प्रतिमा दिनुस् म खुसीसाथ सकार्छु ।”
“हुँदैन बाजे मेरो उहाँको दुर्घटनामा एउटा हात गुमेको छ । त्यस्तालाई सुनको प्रतिमाले बैतरणी पार गराउन सक्दैन । हामी त गाईको पुच्छर समातेर दान गर्ने हो । धातुको हुने भए २५/३० किलोको फलामको प्रतिमा बनाएरै दिन्थ्यौँ ।”

बाजेले- “हजुरलाई म एउटा गतिलो सल्लाह दिन्छु । भैँसी दान गर्नुस् म खुसीसाथ स्विकार्छु । हजुरको श्रीमान्को एउटामात्र हात भएकोले गाईको पुच्छर समातेर तर्दा हात गलेर बैतरणीमा डुब्न बेर छैन । भैँसी भए मज्जाले चढेर पार गर्न मिल्छ । अर्को कुरा भैँसी यमदूत हो । आफ्नो वाहनले सम्मान पाएको देख्दा यमराज खुसीले गदगद हुन्छन् । आँटौँ हजुर परेको म बेहोरुँला” भने ।
“कस्ता काठा हुन् ? शास्त्रविरुद्ध जान मिल्दैन । गाई नहुने भैँसीचैँ हुने । जगत् हँसाउने कुरा नगर्नुस्” ।

“कस्तो जगत् हँसाउने भन्नुभएको ? एउटा मुखमा दुइटा जिब्रो पट्याएर राख्नेहरूले एकताका नेपालको राष्ट्रिय जनावरलाई हामी राष्ट्रियताले भरिपूर्ण हुनेले चपाए हुन्छसम्म भने । पछि वर्गीयताको स्यालहुइँया ल्याएर भैँसीले पनि राष्ट्रिय जनावर जस्तै दुध, गोबर दिने चौपाया भएकोले एकै वर्गभित्र पर्छ भन्दै सगर्व भैँसी पूजन गर्न थाले । जमाना कहाँबाट कहाँ पुगिसक्यो । तपाईँ भने उही थोत्रो स्तोत्र पाठ गर्दै हुनुहुन्छ । भैँसी दान गर्नुभयो भने ममचा बनाउने पसलेलाई एक कल फोन गर्नासाथ तुरुन्तै भैँसी किन्न आइपुग्छ । दान लिने म छँदै छु । पाप लागे त्यसको भागिदार मै हुन्छु । हजुरले एक बाहुले कमिज दानमा राख्नु भएको छ । त्यो दान लिन्न । बाहुनको चित्त दुखे पितृ रिसाउँछ्न् । होसियार !”

सावित्री- “एउटा हात हुनेलाई दुई बाहुले कमिज दिँदा उहाँ अल्झिएर काम गर्न सक्नुहुन्न । दिएको दान तपाईँ मार्फत् उहाँले पाउने हो । तपाईंले लिनैपर्छ ।”
निक्कै लामो छलफलपछि गाई दान लिने तर खरिद गर्ने ग्राहक नभेटुन्जेल यजमानकै ग्यारेजमा बाँध्ने निधो भयो ।
बोलावटअनुसार खानाको लागि भान्सामा पुग्छन् । खानामा मकैको च्याँख्ला देखेर मुख अमिलो पार्दै- “यस्तो च्याँख्ला म खान सक्तिनँ” भन्छन् ।

सावित्रीले- “तपाईंलाई थाहै छ नि मेरो उहाँ सुगरको रोगी भन्ने । भात, गुलियो, फलफूल आदि केही खानै मिल्दैन । तपाईंले खाइदिए उहाँले खाए सरह हुन्छ” भनिन् ।
झक्कड जुरुक्क उठेर- “तपाईंको खसमलाई मनपर्ने खाना, वस्तु आदि भन्दै जाने हो भने उहाँलाई सबभन्दा मनपर्ने श्रीमती होला रे ! त्यो म सकार्न सक्तिनँ । लौ आजसम्म जे भयो भयो, अब पुरेत फेर्नुस् ।” भन्दै खुट्टो बजारेर झक्क्ड हिँडे ।
सावित्री नाजवाफ भइन् ।

०००
हेटौंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x