साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातको दर्पण

भ्रम पनि नराख्नू है तिमी हेर त- त्यो दूर आकाशमा दर्पण च्यापेर उडिरहेका बाजहरू जुनेली नयनमा पसेर सपना दंश गरिरहेका सर्पहरू !

Nepal Telecom ad

युवराज भण्डारी :

मनोहर सूर्यमुखी लहरलाई
स्पन्दित गर्दै बहने
विशाल जलाशय
ए, रातको दर्पण !

शान्त तिम्रो जलाधारमा
यो अन्तहीन आँधी किन ?
भो, नखोज तिमी जवाफ
त्यो किनारसँग,
जो आत्मरक्षाको निहुँमा
उचालिरहेको छ अहङ्कारी आकाश !

मखमली आकाशमा
यो अनवरत दहन किन?
भो, नसोध तिमी फर्केर
अर्को किनारतिर,
जो स्वाभिमानको बहानामा
जलाइरहेको छ आफैँ उभिएको किनार !

तिम्रो दर्पणमा यिनीहरूले
आफूलाई हेर्लान् भन्ने
भ्रम पनि नराख्नू है तिमी
हेर त-
त्यो दूर आकाशमा
दर्पण च्यापेर उडिरहेका बाजहरू
जुनेली नयनमा पसेर
सपना दंश गरिरहेका सर्पहरू !

कहिले आकाश कहिले छानु
चिथोर्छन् यी बाजहरू
कहिले सागर कहिले खोला
जलाउँछन् यी अक्टोपसहरू !

अनवरत बगिरहेका
मेरा आँसु सोधिरहन्छन् मलाई
कहिले भरिन्छ पेट यी बाजहरूको ?
कहिले देखिएला असली रङ्ग यी अक्टोपसहरूको ?

०००
तनहुँ, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x