महेन्द्र माेक्तानतृप्त
पत्नीले अहिले व्यङ्ग्यात्मक मुस्कान छर्दै भनिन्- “नाशाका वैज्ञानिक अनमोल पनि दशौँ कक्षासम्म मातृभाषाकै स्कूल पढेका थिए ।”

महेन्द्र मोक्तान :
“अंग्रेजी ! अंग्रेजी !! अंग्रेजी !!! के को अंग्रेजी ? मातृभाषा आमाको दूध हो ! दशौँ कक्षासम्म मातृभाषाकै स्कूल पढाउन पर्छ !”
पतिको ‘अंग्रेजी स्कूलमै भर्ना गर्न पर्छ बच्चालाई’ को अडिग ढिपी पछि पति पत्नी बीच द्वन्द्व चर्कियो घरमा ।
“नापिसक्यो हाम्रो मातृभाषाले । अंग्रेजी विश्व भाषा हो । विश्वभरि नै हरेक प्रतिस्पर्धात्मक अन्तर्वार्ता यहि भाषामा हुन्छ ।”- पतिको जिद्दीको पारा अलिकति पनि तल झरेन ।
“बाँदरलाई ‘मंकी’ भनेर चिनाउनु, गधालाई ‘डंकी’ भनेर औंल्याउनु बच्चालाई दिग्भ्रमित बनाउनु हो ।” – पत्नीकी सकरात्मकतामा पनि आँच आएन।
“भो ! भो ! तेरो फुस्रो बखान थन्क्याएर खुरूक्क मेरो सल्लाह मान् । नत्र चुपचाप बस् ।”
“गर्भबाटै मातृभाषा सिकेर आ’को बच्चालाई बाँदर स्वभावले नै चकचके अनि गधा धीमा पशु हो भन्ने शाब्दिक अर्थ सिकाउन कति पनि गाह्रो हुन्न । अंग्रेजीमा बताउनु भनेको उसको दिमाग खानु हो ।”
“तेरो बगमफुसे कुराले त बच्चालाई कुवाको भ्यागुता मात्र बनाउन सक्छ, तरक्की गर्न होइन ।”
पत्नीले अहिले व्यङ्ग्यात्मक मुस्कान छर्दै भनिन्- “नाशाका वैज्ञानिक अनमोल पनि दशौँ कक्षासम्म मातृभाषाकै स्कूल पढेका थिए ।”
०००
गैरीबास, कालेबुङ
Subscribe
Login
0 Comments
Oldest






































