साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनैतिक विकृति

सहसा श्रीमान फुत्त निस्केर सत्य ओकले- “सबै सासंद,सत्ता पक्ष, सरकार र सम्बन्धित निकाय भ्रष्टाचारी भएसी रूपियाँ पिपासाहरूको विरोधी हामी थोरैलाई यसै गर्छन् भनेर थाहा छैन ?”

Nepal Telecom ad

महेन्द्र मोक्तान :

“बल्ल ढुक्क भो”- अवकाश ग्रहण गरेकै दिन श्रीमानले भने ।
“अँ ! जिन्दगीभरि बदनाम र स्थानान्तरण भएर थन्को लाग्यो, अनि गजक्कै भएर बोल्न सकेकै हो । जोरी-पारीले ममाथि काखी बजा’को थाहा छ ?” श्रीमती प्वाक्क रिसाइन् ।

सत्य मनमै राखेर उनी चुपचाप कोठातिर पसे ।
“मनोबल र इज्जत हराएका लुइतामे लोग्ने मानिस सायद तपाईं मात्र होला । जवाफ नभएपछि यसरी सुइँकुच्चा ठोक्छन् ।”-मौनताको मन पेटमा बुइँ चढ्दै अझ एक सिँडी चढिन् उनी ।

सहसा श्रीमान फुत्त निस्केर सत्य ओकले- “सबै सासंद,सत्ता पक्ष, सरकार र सम्बन्धित निकाय भ्रष्टाचारी भएसी रूपियाँ पिपासाहरूको विरोधी हामी थोरैलाई यसै गर्छन् भनेर थाहा छैन ?”

“अल्छेले जस्तो जैसेले जान्दैनन् ! आँट भए पो राख्न सक्छन् आफ्नो पक्ष ! नाच्न जान्दैनन् आँगन टेडो !” -फेरि नि बिच्किई उनी ।

धैर्य नगुमाई उनले भने- “हेर ! एउटा हुटिट्याँउले स्वर्ग थाम्न कहाँ सक्छन् ? नाँच्न जानेको भए जागिर खारेज ! अनि हाम्रो यो सुखी परिवारको के हाल हुने थियो ?”

०००
गैरीबास, कालेबुङ, भारत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तृप्त

तृप्त

महेन्द्र माेक्तान
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x