साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छिमेकी

ढलमा सल्केको आगो सफा गरिरहन्छु छिमेकी लामखुट्टे झिँगा झुसिल्कीरा र कुकुरझै लाम होइन कुहिएको रछान पनि होइन छिमेकी गल्लीमा थुप्रिएको एक हल्ला पनि होइन ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

मेरो छिमेकी
वचनमा गोबरझै मीठा नै बोल्छन्
अनि
सम्पतीको भोकमा डुबेर
मेरा साध सिमानाको किलो
किन
साझ बिहान श्रीमतीको फरियाझै
घरि यता उता सारि रहन्छन्
मलाइ अचम्म लाग्छ ।

मेरा छिमेका आँखाबाट एउटा गिद्ध किन उदाउछ
साहुको डोको बाकेर
मेरो सगरमाथा भेट्न झरेका
घामका किरणमा किन एटम बम हानिरहन्छन् ।

बगिरहेछ बागमती
मतिहीन मान्छझै

कतै खुकुरा चोरलेझैं-
मुखले नसकेर मिर्मिरेमा
मैले ढोकामा रचेका मङ्गलदीपको
ढाड खुस्कनेगरि लातको फोहराले
किन मेरो पसिना स्वाहा पारिरहेछौ !

ए ! छिमेकी संधियारहरू
मेरो कविताका अक्षरहरू
कति
चिसो निदमा बिते
कति दिन-
निमेकीबाट दर्शन सिकेको यादमा छु ।

प्रत्येक छिमेकी
कोठाको घाम तापेर
आगनमा चार दिवार पाल्छ

हो त्यसैले म छिमेकीलाई निद्रामा पनि बिर्सन सक्दिनँ
उनी
नालीका देवता हुन्
त्यसैले बेला बेला म स्वयम्भूको
स्वाभिमानको टोपी लाएर
ढलमा सल्केको आगो सफा गरिरहन्छु
छिमेकी लामखुट्टे झिँगा
झुसिल्कीरा र कुकुरझै लाम होइन
कुहिएको रछान पनि होइन
छिमेकी गल्लीमा थुप्रिएको एक हल्ला पनि होइन ।

छिमेकीको नारा निरन्तर
चुच्चो बुच्चो नाकले सुँघेर सुनिरहन्छु
छिमेकी माथि किन अन्धो
दृष्टिले कुखुराका चल्लाझै
आरु पखडाका हाँगाझै
वनबालीका बाँदरको तुफानी वेग सम्झिरहेछु
मेरो आँखामा हम्फालेका शब्दहरू
साबुनको डल्लाझै डल्लिएर किन सलबलाइरहेछ !!!

०००
काठमाडौं १५, चमती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x