साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हेमराज पहारी स्मृति पुरस्कार’ साहित्य सन्ध्यालाई

साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानले एक लाख राशीको सो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दै आएको छ ।

Nepal Telecom ad

काठमाडौं, वैशाख १, ०८० । हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानको हालै बसेको बैठकले यस वर्ष सो स्मृति पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको हो ।

२०३९ सालमा स्थापना भई हालसम्म ४३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको, युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि सो पुस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले बताइन् ।

‘२०४६ साल अघिको कसिदो राजनीतिक वातावरणमा प्रजातान्त्रिक आन्दोलनमा सिर्जनात्मक स्वर मुखरित गर्न युवा कविहरूलाई अभिप्रेरित गर्ने मञ्चको रुपमा स्थापित संस्था र अनुभवी पुस्ताबाट प्रशिक्षित हुँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्यशालाको रुपमा विकसित संस्था भएकाले यस वर्ष हेमराज पहारी स्मृति पुस्कार साहित्य सन्ध्यालाई दिने निणर्य भएको छ’, संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संस्था स्वंयले २०४२ सालदेखि पुरस्कार स्थापना गरी स्रस्टाहरूलाई सम्मान गर्दै आएको र नेपाली साहित्यको उन्नयन र विकासमा चार दशकदेखि समर्पित संस्थाको थप उन्ननयको कामना गर्दछ ।’

साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानले एक लाख राशीको सो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दै आएको छ ।

यसअघि यो पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोक कवि अलि मिया तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन् ।

पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलार्धको एक फन्को’ नियात्रा र केही गीतहरू प्रकाशित भएका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x