साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीपक गौतमको गीत सार्वजनिक

मकवानपुरे साहित्यकार एवम् साहित्यिक अभियन्ता दीपक गौतमको पहिलो गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

Nepal Telecom ad

हेटौँडा, १ वैशाख २०८० । मकवानपुरे साहित्यकार एवम् साहित्यिक अभियन्ता दीपक गौतमको पहिलो गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

दुई वर्षअघि रेकर्ड गरिएको देशभक्ति भावको गीतको भिडियो तयारीका लागि केही समय लागेकाले गीत सार्वजनिक गर्न बिलम्ब भएको गीतकार गौतमले जानकारी दिनुभएको छ । ‘मेची जगाऔँ महाकाली जगाऔँ’ बोलको उक्त गीतमा नेपालले सुगौली सन्धिको क्रममा गुमाएको भूमि फिर्ता पाउनुपर्ने र आफ्नो देशको सीमारक्षाका लागि हरेक देशभक्त नेपाली नागरिक जागरुक भई लाग्नुपर्ने देशभक्त एवम् क्रान्तिकारी विचार अघि सारिएको छ ।

गीतकार गौतमको शब्दरचना रहेको उक्त गीतमा गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने सङ्गीतकार तुलाराम थापाले सङ्गीत संयोजन गर्नुभएको छ ।

किशोर बालबालिकाहरूको नेतृत्वमा रहेको संस्था नवसर्जक साहित्य चौतारी नेपालका संरक्षकसमेत रहेका गौतमले चौतारीकै चियापान कार्यक्रमका क्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार रमेशमोहन अधिकारी र नवसर्जककी अध्यक्ष प्रसन्ना चौलागाईँले संयुक्त रूपमा किताबघर, हेटौँडामा सार्वजनिक गर्नुभएको हो ।

म्युजिक भिडियो प्रस्तुतिपश्चात् कवि, गीतकार एवम् सङ्गीतकार पुरुषोत्तम आचार्यले गीतप्रतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

कार्यक्रममा मकवानपुरका तिनै पुस्ताका गरी ४० जनाको उपस्थिति रहेको थियो ।

०००
– संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x