साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लालायित

... लेखकहरूले जिम्मेवार प्रतिपक्षको भूमिका बिर्सेर सत्ताले दिने पुरस्कारहरूमा र्‍याल काड्नु । पत्रकारहरू हरदम शक्तिको भजन मन्डलीमा लाग्नु ।” “भनेपछि चोक्टाको लागि यत्रो जालो ? यसको अन्त्य नै हुँदैन त जुनकीरी ?”

Nepal Telecom ad

“उनीहरू किन गैरहेका छन् जुनकीरी ?”
“चोक्टा खान !”
“चोक्टा भनेको के हो नि जुनकीरी ?”
“चोक्टा मासुभन्दा मिठो खानेकुरा । अर्थात् स्वादिलो चिज । त्यो पाउन मान्छे लालायित हुन्छ । झन पाई सकेपछि कसैलाई गन्दैन !“

“त्यसो भएर पो कर्मचारीहरू राजनीतिकर्मी विद्यार्थी, शिक्षक, ब्यापारी, डाक्टर, समाजसेवी, स्रष्टा, पत्रकारहरू त्यता लागेका रहेछ्न् है ?”

“लागेका रहेछन् मात्र होइन लागे । सबैले नीति नियम पालना गर्नुपर्छ । अनुसाशनमा बस्नुपर्छ पनि भनिन्छ । तर यिनीहरू नै तोड्छ्न अनि केही नगरे झै पन्सिन्छ्न् ।”

“अमूर्त कुरा नगर्नु न जुनकीरी । खासमा के चाहिँ गर्छन् भन्न खोजेको। मैले बुझिन ?”

“ल सुन । कर्मचारी तलबको सट्टामा घुसमा निर्भर हुन खोज्नु । विद्यार्थीले पढ्न छोडेर राजनीति गर्नु । शिक्षकले बिद्यालयको सट्टा निजि बोर्डिङमा गएर पढाउनु । डाक्टरले बिरामीको रोग भन्दा कति लुट्न सकिन्छमा ध्यान दिनु । ब्यापारीले चामल, पिठो, तेल आदिमा मिसावट हाल्नु । नेताले जनताको पिरभन्दा राजधानीमा घर बनाउन जोड गर्नु । समाजसेवीहरूले अनाथलयको नाममा केटाकेटीहरूलाइ परोक्षमा यौन शोषण र बालमजदुरीमा खटाउनु । लेखकहरूले जिम्मेवार प्रतिपक्षको भूमिका बिर्सेर सत्ताले दिने पुरस्कारहरूमा र्‍याल काड्नु । पत्रकारहरू हरदम शक्तिको भजन मन्डलीमा लाग्नु ।”

“भनेपछि चोक्टाको लागि यत्रो जालो ? यसको अन्त्य नै हुँदैन त जुनकीरी ?”

हुन्छ किन नहुनु नि । त्यसमा सम्पूणर् निकायका मानिसहरूले आत्मशुद्धिमा ध्यान दिनुपर्छ । माटो र सर्बसाधारणमा आफूले गर्ने कर्मबाट बाधा नपरोस् भन्ने सोच्नुपर्छ । पीडितको मुद्दालाई सताको या प्रतिपक्षको प्रभावमा नपरी पीडकलाई सजाय दिनुपर्छ । हरेक नागरिकको मन खराबी हटाउने कुरामा लालायित हुनुपर्छ ।”

०००
दमक बजार, झापा
हाल – अबुधाबी, युएइ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विवेक दुलाल क्षेत्री
समय, सपना र समाज

समय, सपना र समाज

विवेक दुलाल क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x