साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भो !!

यो देशभित्र आस्था बेच्नेहरू कयौँ छन् बाटो भुलेछु भन्दै जो झस्किएर के भो !

Nepal Telecom ad

बाँचेर अर्थ छैनन् व्यर्थै जिएर के भो !
राखेर ज्ञान भित्री बोक्रो दिएर के भो ! -१

पढ्नेहरू पढेका छन् पढ्नुपर्दथ्यो जो
खै ! जाति मात्र नेपाली सम्झिएर के भो !- २

शिल्पी कुँदेर ढुङ्गा ब्रम्हा भए सबैको
बाँड्ने कला नपुग्दा झोला सिएर के भो ! -३

माटो मरेर बाँच्दा मान्छे लुटेर मर्छन् !
ज्ञानी भनाउनेले दारू पिएर के भो ! -४

जेजे छ खास देऊ विद्वान् सरेर बाँच्छन्
गङ्गा महान् छ आफै थोपो लिएर के भो ! ५

यो देशभित्र आस्था बेच्नेहरू कयौँ छन्
बाटो भुलेछु भन्दै जो झस्किएर के भो ! ६

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x