साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगाडि हिँड्नेसँग

हामीलाई हतासले निल्न लागेको छ हाम्रा मन भित्रको मुलुक किन आजकाल तपाइलाई नदेखिने भएको छ ? किन ? त्यो छातीमा मुलुकको माया हराएको छ, न बाटो न माटो तपाइ कता जाँदै हुनुहुन्छ ? तपाइँलाई थाहा छ ? ?

Nepal Telecom ad

धेरैलाई लागेको थियो
मुलुक यस्तो होस् −
सुन्दर
सम्पन्न
सभ्य होस्
सबैको ओठमा हाँसो होस्
मन प्रफुल्ल
आँखामा कौतूहल र विश्वास भरियोस्
सबैका छातीमा
हिमाल, पहाड र मदेसको माया अटाइ नअटाइ होस्
भोक इतिहास होस्
रोग हराओस्
सिर्जनाको पौल होस्
साँच्चै मुलुक सुन्दर होस्
शान्त होस्
रहर लाग्दो होस् ।
तर भएन
केही भएन
हुने लक्षणसम्म पनि पो भएन
बरु
भताभुङ्ग भयो
लथालिङ्ग भयो
मुलुक
अनेक पीडाले डामिएर
क्षत विक्षत भयो
सिर्जना हरायो
सभ्यता हरायो
अहिले त मुलुक
मुलुक जस्तो पनि पो भएन
यो मुलुकलाई माया गर्ने मान्छे नै भएन
भएर पनि भए जस्तै भएन ।
अगाडि हिँड्ने मान्छेहरू !
तपाइँका कान छोपिएका छन्
कचेराले टालिए छन्
आँखा, खोज्नुपर्छ
तपाइका कानमा
बतास पनि लाग्दैन
तपाइँका आँखामा हताश पनि छाउँदैन
हाम्रो मन पो
बतासले उडाउन लागेको छ
हामीलाई हतासले
निल्न लागेको छ
हाम्रा मन भित्रको मुलुक
किन
आजकाल तपाइलाई
नदेखिने भएको छ ?
किन ?
त्यो छातीमा
मुलुकको माया हराएको छ ?
ए ! अगाडि हिँड्न रहर गर्ने मान्छे !
हिँड्न त बाटो चाहिन्छ
बाटो हिँड्नुपर्छ
बाटो हुन माटो चाहिन्छ
न बाटो न माटो
तपाइ कता जाँदै हुनुहुन्छ ?
तपाइँलाई थाहा छ ?

०००
झापा
भरखरै प्रकाशित ‘मेरो लिम्पियाधुरा’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x