सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिल्दा/नमिल्दा नामहरू

सानो भर्‍याङ खुट्किलै नभएको ठूलो भर्‍याङ । छैन दर्कार स्याल र ब्वाँसा बस्ने सिंहदर्बार । पर्‍यो फसाद आँखा काम गर्दैनन् नेत्रप्रसाद ।

Nepal Telecom ad

(सुसेली लयमा)

सोधौँ कोसङ्ग
थियोहोला प्रसङ्ग
अब झसङ्ग ।

लेख्छु सुसेली
पुतली भेटिँदैन
बत्तीस् पुतली ।

महाराज खै ?
महाराजगन्ज रे
कस्तो नाम है ?

कस्तो चाकरी
न माछा न पोखरी
माछापोखरी ।

खर्च हजार
छैनन् बाघ बगैंचा
बाघबजार ।

सुन बान्धव
टुक्रा छैन काठको
काष्ठमण्डप ।

गाईको गोठ
पुरानो भो सडक
भन्छन् न्यूरोड ।

हेर्छु गल्लीमा
छैन वन जंगल
वनस्थलीमा ।

सानो भर्‍याङ
खुट्किलै नभएको
ठूलो भर्‍याङ ।

छैन दर्कार
स्याल र ब्वाँसा बस्ने
सिंहदर्बार ।

पर्‍यो फसाद
आँखा काम गर्दैनन्
नेत्रप्रसाद ।

भर्छन् सामल
चर्को घाम प्रचण्ड
पुष्पकमल ।

गरे न्वारान
काम छैन हातको
हस्त नारान ।

गन्धे नालामा
न धोवी न कपडा
धोवी खोलामा ।

कस्तो जुर्‍यो खै
जो छ जाली फटाहा
नाम छवि है ।

दिनु दुख दे
गरिबको नाम के ?
धनवीर रे ।

गरिबदास
यो देशकै धनाढ्य
बन्छ उदास ।

नेता भन्दछन्
सडक नभए नि
पुल बन्दछन् ।

कति साह्रो हो
पहिचान यस्तो थ्यो
भन्न गाह्रो भो ।

नाम यस्तो पो
कला गला मिलेको
कलानिधि भो ।

साथी साथ दे
सच्चा कर्म गर्दैछन्
नरनाथले ।

०००
कपन, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
संस्कृतिमा विकृति

संस्कृतिमा विकृति

दुर्गा भमरकोटे
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’