साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिल्दा/नमिल्दा नामहरू

सानो भर्‍याङ खुट्किलै नभएको ठूलो भर्‍याङ । छैन दर्कार स्याल र ब्वाँसा बस्ने सिंहदर्बार । पर्‍यो फसाद आँखा काम गर्दैनन् नेत्रप्रसाद ।

Nepal Telecom ad

(सुसेली लयमा)

सोधौँ कोसङ्ग
थियोहोला प्रसङ्ग
अब झसङ्ग ।

लेख्छु सुसेली
पुतली भेटिँदैन
बत्तीस् पुतली ।

महाराज खै ?
महाराजगन्ज रे
कस्तो नाम है ?

कस्तो चाकरी
न माछा न पोखरी
माछापोखरी ।

खर्च हजार
छैनन् बाघ बगैंचा
बाघबजार ।

सुन बान्धव
टुक्रा छैन काठको
काष्ठमण्डप ।

गाईको गोठ
पुरानो भो सडक
भन्छन् न्यूरोड ।

हेर्छु गल्लीमा
छैन वन जंगल
वनस्थलीमा ।

सानो भर्‍याङ
खुट्किलै नभएको
ठूलो भर्‍याङ ।

छैन दर्कार
स्याल र ब्वाँसा बस्ने
सिंहदर्बार ।

पर्‍यो फसाद
आँखा काम गर्दैनन्
नेत्रप्रसाद ।

भर्छन् सामल
चर्को घाम प्रचण्ड
पुष्पकमल ।

गरे न्वारान
काम छैन हातको
हस्त नारान ।

गन्धे नालामा
न धोवी न कपडा
धोवी खोलामा ।

कस्तो जुर्‍यो खै
जो छ जाली फटाहा
नाम छवि है ।

दिनु दुख दे
गरिबको नाम के ?
धनवीर रे ।

गरिबदास
यो देशकै धनाढ्य
बन्छ उदास ।

नेता भन्दछन्
सडक नभए नि
पुल बन्दछन् ।

कति साह्रो हो
पहिचान यस्तो थ्यो
भन्न गाह्रो भो ।

नाम यस्तो पो
कला गला मिलेको
कलानिधि भो ।

साथी साथ दे
सच्चा कर्म गर्दैछन्
नरनाथले ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x