साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृक्षारोपण गर्दै बुढ्यौली रचना वाचन गरियो

ज्येष्ठ सदस्य श्री सूर्यकान्त गेलालज्यूको ९१ औँ जन्म महिना पारेर वहाँलाई सम्मान गर्दै वहाँका हातबाट सार्वजनिक जग्गामा रुद्राक्ष-वृक्षारोपण गर्दै बुढ्यौली रचना वाचन गरियो ।

Nepal Telecom ad

भक्तपुर, २०७९ चैत १८ । बुढ्यौली साहित्य समाजले चाँगुनारायण- ३ गेलाल गाउँमा आदरणीय ज्येष्ठ सदस्य श्री सूर्यकान्त गेलालज्यूको ९१ औँ जन्म महिना पारेर वहाँलाई सम्मान गर्दै वहाँका हातबाट सार्वजनिक जग्गामा रुद्राक्ष-वृक्षारोपण गर्दै बुढ्यौली रचना वाचन गरियो ।

सन्तति हाम्रा सभ्य भएमा ।
वृद्धहरूको मान रहेमा ॥
यो भव होला उज्ज्वल हाम्रो ।
खोज लु अर्को के छ र राम्रो ॥

वृद्ध खुसी जो पार्छ हमेसा ।
पुग्छ सधैँ त्यो उच्च अपेक्षा ॥
सन्ततिले यो बुझ्न सकेमा ।
ईश्वर हुन् यी चिन्न सकेमा ॥

राेपण गरिएको वृक्षाकाे संरक्षण मिठाराम, जनक गेलाल लगायतले गर्नु हुने भएको छ । गेलालकै अनुरोधमा वहाँकै घरमा रचनावाचन कार्यक्रम भव्यताकासाथ सञ्चालन गरियो । सभापति कविराज घिमिरे प्रमुख अतिथि, साहित्यकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी श्री शङ्कर मानन्धर विशेष अतिथि, श्री कृष्णमुरारी गौतम (चट्याङ मास्टर) एवम् अतिथिमा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल लगायत विभिन्न विशिष्ट साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

रचना वाचन गर्ने साहित्यकारहरूमा बालस्रष्टा बिनिता दाहाल, शालिकराम दाहाल, कवि तथा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, समीर गेलाल, जुनु घिमिरे, ओमप्रकाश कोइराला, (भिडियोबाट) टीकाराम गेलाल, चिरञ्जीवी न्यौपाने, सावित्री गेलाल संस्थाका सदस्य रामशरण न्यौपाने, रमेश न्यौपाने, कृष्णप्रसाद पौडेल, धरणीधर गुरागाईं, संस्थाका उपाध्यक्ष दीनानाथ पोख्रेल, लालबहादुर भुजेल, विश्वनाथ ढुङ्गेल, जानुका तिमल्सिना, दुर्गा भमरकोटे (भिडियोबाट) संस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुन र अध्यक्ष कविराज घिमिरे हुनुहुन्थ्यो ।

आफ्ना धारण राख्नेमा नेपाल सरकारका सचिव श्री मणिराम गेलाल, हास्यव्यङ्यकार श्री कृष्णमुरारी गौतम र योग साधक श्री शङ्कर मानन्धर हुनुहुन्थ्यो । कार्यक्रममा संस्था सञ्चालनका निमित्त अक्षयकोष खडागरी रु ५,५५५। प्रत्येक वर्ष व्याज प्राप्त हुनेगरी नगद प्रदान गर्ने घोषणा आजका सम्मानित व्यक्तित्वका ज्येष्ठ सुपुत्र श्री टीकाराम गेलालज्यूले गर्नुभयो ।

त्यसैगरी प्रमुख अतिथि श्री शङ्कर मानन्धरज्यूले संस्थाको कार्यक्रम सञ्चालनका निमित्त रु १५,०००/ प्रदान गर्ने घोषणा गर्नुभयो । दानवीर हातहरूलाई हृदयदेखि नै नमन गर्दै संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरियो ।

डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सभ्य भव्य र शालीन थियो । सम्पूणर् सहभागी स्रष्टा र सर्जकज्यूहरूप्रति आयोजकका तर्फबाट हृदयदेखि धन्यवाद व्यक्त गरिएको थियो ।

०००
– जीवनाथ/मूलतिहुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x