साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारायणप्रसाद राईको कृति ‘लाहुरे’ लोकार्पित

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित ‘लाहुरे’ कृतिको समीक्षा वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० पुस १५ । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नु भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित ‘लाहुरे’ कृतिको समीक्षा वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री किराँतीले मानव जीवनको तीन आविष्कार आगो, खेती र अक्षर भएको र विश्वमा वर्षमा ४० लाख विभिन्न पुस्तकहरू छापिने गरेको भन्ने तथ्याङ्क पाइएको सन्दर्भमा लेखक राईको यो पुस्तकले पनि महत्त्व राख्छ भन्ने विचार राख्नु भएको थियो ।

कृतिका समीक्षक प्रा.डा.सुरेन्द्र के.सी.ले तत्कालीन ब्रिटिश सरकारबाट सुरू भएको लाहुरे संस्कृति हालसम्म कायम रहेको छ भन्दै हाल रसिया र युक्रेनमा सेनामा पुग्ने नेपालीहरुको दृष्टान्त दिंदै नेपाली-नेपाली बीच नै लडाइँ गराइरहेको बताउनु भयो ।

पुस्तकका सम्पादक जीवनकुमार राईले ब्रिटिश सरकारले गोर्खाली सेनालाई पहिलो र दोस्रो विश्वयुध्दमा भरपुर प्रयोग गरेको बताउँदै गोर्खाली सेनाकै कारण ब्रिटिश र नेपालको बीच मैत्रीपूर्ण सम्बन्ध रहेको र गोर्खाली सेनाले नै विश्वमा नेपालको पहिचान गरेको बताउनु भयो ।

लेखकीय मन्तव्य राख्दै क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेर भन्दा पनि परेर जानेको यथार्थ बताउँदै जीवनमा भोगेका कुराहरूलाई स्पष्ट राखेको बताउनु भएको थियो ।

सभापतिको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले ब्रिटिश सरकारले गोर्खाली सेनामा नयाँ भर्नामा समानता देखाए पनि पुरानोलाई भेदभाव पूर्ण व्यवहार गरेको बताउनु भएको थियो ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घकी सदस्य समालोचक डा. शान्ति माया गिरीले लेखकको संक्षिप्त परिचय दिँदै स्वागत मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा लेखकका मित्र मेजर भुवनसिंह लिम्बुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा क्याप्टेन नारायणप्रसाद राई र पुस्तकका सम्पादक जीवनकुमार राईलाई सम्मान पनि गरिएको थियो ।

यसैगरी प्रमुख अतिथि मन्त्री सुदन किराँती, समीक्षक प्रा.डा.सुरेन्द्र के.सी, मेजर भुवनसिंह लिम्बु, कार्यक्रम संचालिका प्रमिला राई, जेष्ठ नागरिक श्रीमती चन्द्रकुमारी राई, पुस्तकका भाषा सम्पादक भावेश भुमरी, समालोचक डा. शान्तिमाया गिरीलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसैगरी साहित्यकारहरु हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, शेखर ढुंगेल (अमेरिका), गोमा रेग्मी (पोर्चुगल), विष्णु थापा (अमेरिका), नीता श्रेष्ठ, डा. बुनु दाहाल, सुवासचन्द्र ढुंगेल, हरि गिरीलगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ, प्रा. डा. गोविन्दमान सिंह कार्की, यज्ञराज उपाध्याय, मदन राई, मन्जिला अनिल, नन्दु उप्रेती, प्रकाश घायल, ध्रुव मधिकर्मी, लाक्पा फुटी शेर्पा लगायतको उपस्तिथि रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x