फित्काैली डटकमनिबन्धकार माधव काफ्लेलाई जगदिश स्मृति सम्मान
जगदिश घिमिरे प्रतिष्ठानले स्वर्गिय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अबसरमा उहालाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो ।

मन्थली, रामेछाप, २०८० पुष १४ । यस वर्षको जगदिश स्मृति सम्मान पुरस्कार निबन्धकार माधव काफ्लेलाई प्रदान गरिएको छ ।
जगदिश घिमिरे प्रतिष्ठानले स्वर्गिय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अबसरमा उहालाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो ।
सो प्रतिष्ठानकि अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अवसरमा मन्थली स्थित माझी समुदायका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन साहित्यकार एव प्राध्यापक तुलसी दिवसले गर्नु भएको थियो ।
सो अवसरमा साहित्यकार नगेन्द्रराज शर्मा, निबन्धकार माधव काफ्ले, कवि उषा शेरचन, सात्यिकार हरिकृष्ण काफ्ले, साहित्यकार मनोज न्यौपाने, अश्विनि कोइराला, निबन्ध आचार्य, भवानी संग्रौला, दिपक घिमिरे, डा. मोहनप्रसाई डा. रेणु प्रसाई, स्थानीयस्तरका कवि तथा कवयीत्रिहरुले रचना बाचन गर्नुभएको थियो । 
सामाजसेवी एवं साहित्यकारका रुपमा चिनिएका जगदिश घिमिरेको २०७० कार्तिक १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।
उनका, लिलाम, साविति, सकस अन्तरमनको यात्रा लगायतका कृतिहरु मध्ये अन्तरमनको यात्राले मदन पुरस्कार समेत प्राप्त गरेकाे थियाे ।
कार्यक्रममा रचना वाचन गर्ने अधिकांश साहित्यकारहरुले जगदिशको योगदानको चर्चा गर्नुभएको थियो । जगदिश घिमिरे प्रतिष्ठानले हरेक वर्ष यहि महिनामा साहित्यिक सम्मेलन गर्दै आइरहेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest










































