फित्काैली डटकमदिनेशकुमार राईकाे ‘खोक्पा’ कथासङ्ग्रह लोकार्पण सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिकाे लोकार्पण अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा गर्नुभएको थियोे ।

काठमाडौँ, २०८० पुस १५ । पेज टर्नर प्रालिले प्रकाशन गरेकाे आख्यानकार तथा गीतकार डीआर (दिनेशकुमार राई)द्वारा रचित कथासङ्ग्रह ‘खोक्पा’को लाेकार्पण सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिकाे लोकार्पण अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा गर्नुभएको थियोे । यसैक्रममा उहाँले कथाकार डीआरका कथाले जातीय सौन्दर्य र संस्कृतिलाई खोतल्ने प्रयास गर्नु आफैँमा महत्त्वपूर्ण हो । कुनै पनि राष्ट्रवादको मूल आयाम भूगोल नभएर मान्छे हो र त्यही मान्छे नै कथा हो भन्नुभएको थियोे ।
यसैगरी कार्यक्रमका अतिथिवक्ता पत्रकार हेम भण्डारीले ‘खोक्पा’ कथासङ्ग्रहले जनजातीय पहिचान ,संस्कृति , प्रकृति र विदेसिनु वा लाहुरे बन्नुको विवशताबारे कथाले बोलेको बताउनुभएको थियोे ।
कार्यक्रमका अतिथिवक्ता महेश पौड्यालले डीआरको ‘खोक्पा’कथालाई आञ्चलिक विषयवस्तु र सामयिक मूल्यबोधको कसीबाट हेर्नुपर्ने बताउनुभएको थियोे ।
कार्यक्रममा समालोचक निमग्ना घिमिरेले कथाले प्रकृति र जीवनको सम्बन्ध र विदेसिने मानिसको मनोविज्ञानलाई चिरफार गरेको बताउनुभएको थियोे ।
कथाकार डीआरले ‘खोक्पा’ कथासङ्ग्रहलाई तटस्थ ढङ्गले समालोचकले आफ्नो दृष्टिकोण राखिदिनुपर्ने आग्रह गर्नुभएको थियो भने पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देलले हामी बाँचेको समाजका विविध आयाम नै कथा भएकाले डीआरको ‘खोक्पा’ पनि त्यही कोटीमा रहेको बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियोे ।
यस कार्यक्रमको उद्घोषण महेश कार्की ‘क्षितिज’ले गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































