साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार मुक्तक

सहर भन्दा, गाउँका गल्ली गल्ली हेर्दै हिँड्छौ त बाटोमा हिँड्दा पनि, हल्ली हल्ली हेर्दै हिँड्छौ त घरको मूल ढोका नै होचो भएर पो होकि क्याहो बिहे गर्ने केटी खाली डल्ली डल्ली हेर्दै हिँड्छौ त !

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

१.
अहङ्कारको न सिङ हुन्छ, न जुरो हुन्छ
सबै भन्दा माथि फेरि, उसैको कुरो हुन्छ
मन्द विषले जस्तो असर बढ्न थालेपछि
परिणाम भोग्ने उस्कै अभागी पुर्पुरो हुन्छ !

२.
देशमा भविष्य नदेखे पछि, परदेश तिरै फर्किन्छन्
वर्षौँ बितेर गइसक्छ, जीवनलाई उतैतिर अर्पिन्छन्
सन्तानको इच्छामा सहमत भएका अभिभावकहरू
आफ्ना सपनालाई बिस्कुन झैँ, फिजाउँदै पर्खिन्छन् !

३.
सहर भन्दा, गाउँका गल्ली गल्ली हेर्दै हिँड्छौ त
बाटोमा हिँड्दा पनि, हल्ली हल्ली हेर्दै हिँड्छौ त
घरको मूल ढोका नै होचो भएर पो होकि क्याहो
बिहे गर्ने केटी खाली डल्ली डल्ली हेर्दै हिँड्छौ त !

४.
मौका पर्दा करोड के हो र ? अरब पनि पचाउँछन्
आँखामा छारो हाल्दै गर्छन् जनतालाई नचाउँछन्
अब चाहिँ केही होला होला कि जस्तो भइसकेपछि
माथिको आदेशबाट भन्दै अपराधीलाई बचाउँछन् !

०००
हाल विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x