फित्काैली डटकमसूर्योदय सामाजिक प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा
प्रमुख अतिथि दीपक अधिकारीले संस्थाको भावी कार्यक्रम र सरकारी कामकाजमा संस्थाप्रतिको अवधारणा र ढिलासुस्ती जायज नभएको व्यक्त गरे भने नेपाली टाकाटोपीको ऐतिहासिकता बारे फरक मत प्रस्तुत गरेका थिए ।

सूर्योदय, इलाम २०८० पुस १६ । सोमबारका दिन सूर्योदय सामाजिक प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा, पाँचौँ अधिवेशन र एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपीदिवस भव्यताका साथ सम्पन्न भएको छ ।
हरेक वर्ष मनाइदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपीदिवसको अवसर पारेर संस्थाले यो कार्यक्रमको आयोजना गरेको हो । संस्थाको तर्फबाट केही सामाजिक व्यक्ति व्यक्तित्वहरूलाई सम्मान, मन्तव्य र नयाँ कार्यसमितिको चयन गर्नेगरी सम्पन्न भएको हो ।
धनकुमार मोक्तानको अध्यक्षता, दीपक अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा, सल्लाहकार संयोजक डिल्लीप्रसाद सुवेदी, सल्लाहकार पूर्व जिशिअ अर्जुन निरौला, सल्लाहकारद्वय देवीप्रसाद गौतम बुद्धिनाथ बराल र सूनपा-९ , का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्य, वडा नं ८ का वडा सदस्य पदम गिरी, नेपाल रेडक्रस सोसाइटी फिक्कलका सुजन नेपाल, नेपाल वन पैदावरका केन्द्रीय सदस्य लेखनाथ भट्टराईलगायतका व्यक्तिहरूको विशिष्ट आतिथ्य रहेको थियो ।
अतिथिहरूलाई माला र व्याज अर्पणपछि स्वागत मन्तव्यद्वारा स्वागत गरिएको थियो भने कार्यक्रम आयोजना गर्नुको औचित्य प्रकाश पारेपछि राष्ट्रगान गाएर देशलाई सम्झने काम पनि भएको थियो । यसैगरी प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गर्दै तुलमा भएका अक्षर पढी कार्यक्रमको घुम्टी खोलिएको थियो ।
मूलतः ‘साहित्य, सङ्गीत, कला – संस्कृतिको उत्थान, सूसाप्रको पहिचान।’ भन्ने मूल नारालाई सफलिभूत बनाउनु यो संस्थाको मुख्य उद्देश्य रहेको हो । यसैलाई केन्द्रमा राखेर मन्तव्य तथा नयाँ कार्यसमितिलाई शुभकामना पनि प्रस्तुत भएका थिए । त्यसो त संस्थाभित्रका आजीवन सदस्यहरूलाई योगदानको कदर गर्दै सम्मान पनि गरिएको थियो ।
प्रमुख अतिथि दीपक अधिकारीले संस्थाको भावी कार्यक्रम र सरकारी कामकाजमा संस्थाप्रतिको अवधारणा र ढिलासुस्ती जायज नभएको व्यक्त गरे भने नेपाली टाकाटोपीको ऐतिहासिकता बारे फरक मत प्रस्तुत गरेका थिए । त्यैसैगरी राजनीतिक प्रतिनिधि देवेन्द्र आचार्यले संस्थाप्रति आफू सकारात्मक रहेको तर सरकारी लगानीको आफ्नो फ्रेमभित्र सुहाउँदो प्रोपोजल मूल नाराको उद्देश्यसँग मेल खाने किसिमको भए मात्र सहयोग गर्न मिल्ने बताए भने जिसिअ अर्जुन निरौलाले पनि सोही भनाइलाई उजागर गरेका थिए । उसो त राजनीतिक प्रतिनिधि काजीमान कागतेले भने संस्थाको कामको मूल्याङ्कनस्वरूप सरकारी लगानी प्राप्त गर्न कुनै पनि आधिकारिक प्रोपोजल आवश्यक नपर्ने दावी गरे किनकि काम गर्नेलाई त्यस्तो झमेलामा फस्न र नफसाउन पनि सम्बन्धित निकायहरूलाई आग्रह गरेका थिए ।
संस्थाका नियमित कार्यविवरणबाहेक सूसाप्रका सल्लाहकार सदस्य देवीप्रसाद गौतमले संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि छोटकरीमा प्रस्तुत गरेका थिए । संस्थामा विभिन्न शीर्षकमा योगदान गरेवापत् नरनारायण सैँजु प्रधान, शिक्षिका तेजकुमारी सुवेदी, पूर्व जिसिअ अर्जुन निरौला, देवी वाशिष्ठ, सुजन नेपाल, जग्गादाता मानबहादुर प्रधान, राजनीतिक प्रतिनिधि काजीमान कागते, सूर्यभक्त सापकोटा, भूपाल अर्याल, गोकर्ण रिजाल, ‘मेरो टोपी ……शीर्षकमा नृत्य गर्ने नरबहादुर खड्का, बाँसुरीवादक पर्शुराम गौतमलगायतलाई नेपाली ढाकाटोपीले सम्मान गरिएको थियो । त्यसैगरी खेम सापकोटा , गोविन्द खतिवडा, जगमाया घले , टिङ्कु भट्टराई, माधव भट्टराई, अर्जुनकुमार भट्टराई , ललीता नेपाल, कमल राई सुच्चा आदिले संस्थाका नयाँ आजीवन सदस्यता ग्रहण गरेका थिए ।
कार्यक्रमलाई दुई सत्रमा सञ्चालन गरिएको थियो त्यसमध्ये दोस्रो सत्रमा निर्वाचन प्रणालीमार्फत हलबाट एउटा मूल समिति पनि सर्वसहमतबाट चयन गरेको हो, जसमा क्रमशः अध्यक्ष – देवीप्रसाद गौतम, उपाध्यक्ष – कुलप्रसाद ढकाल, सचिव प्रेमसागर भट्टराई, सह- सचिव – जगमाया घले , कोषाध्यक्ष – गायत्रा ओली घिमिरे र सदस्यहरूमा नदी भट्टराई, कमल गदाल, बालकुमार फागो र दुर्गा भट्टराई दाहाल गरी नौ सदस्यीय रहेका छन् । यो समिति कमल राई सुच्चा, इसु पराजुली र कमल गदालको निर्वाचन टोलीद्वारा चयन गरिएको हो ।
निवर्तमान अध्यक्ष तथा सल्लाहकार सदस्यहरूबाट नौ सदस्य रहेको नयाँ कार्यसमितिलाई टीका र मालाद्वारा बधाई तथा नयाँ कार्यकालको शुभकामना दिएका थिए ।
सृजना बहुउद्देशीय सहकारी संस्थाको सभा हलमा सम्पन्न कार्यक्रममा स्रष्टा कुलप्रसाद ढकालको स्वागत मन्तव्य तथा औचित्य हरेको थियो भने प्रेमसागर भट्टराईको सहजीकरण रहेको थियो ।
०००
– नदी भट्टराईद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































