साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘फर्क अभियान’ को पहिलो श्रृङ्खलामा कवि अमृतका कविता

अब आफूभित्र फर्कौँ" भन्ने विचारका साथ "अल्मलिएर हुन्नँ, अब आफूभित्र फर्कौँ" भन्दै कवि अमृतले अभियानकेन्द्रित पहिलो कविता 'फर्क कोही पर्खिरहेछ' सुनाउनुभयो ।

Nepal Telecom ad

मकवानपुर, ०८० माघ ५। ‘समाजलाई तिम्रो खाँचो छ’ भन्ने मूल भावका साथ स्थापित फर्क अभियानद्वारा आयोजित कार्यक्रममा पोखरेली कवि अमृत क्षेत्रीका एक दर्जन कविताहरू सुनिएका छन् ।

“हामी बाहिरी भौतिक चिजमा बढी नै अल्मलिएका छौँ । अब आफूभित्र फर्कौँ” भन्ने विचारका साथ “अल्मलिएर हुन्नँ, अब आफूभित्र फर्कौँ” भन्दै कवि अमृतले अभियानकेन्द्रित पहिलो कविता ‘फर्क कोही पर्खिरहेछ’ सुनाउनुभयो । यसका साथै उहाँले मान्छे खोजिरहेको ‘क्यानभास’, ‘सहरमा’, ‘मेरो हजुर’, ‘निराकार’ लगायत दुई सत्रमा एक दर्जन कविता वाचन गर्नुभयो ।

फर्क अभियानले आफ्नो पहिलो श्रृङ्खलास्वरूप अभियानका सदस्य क्षेत्रीको कविता वाचन गरिएको हो । कार्यक्रममा वक्ता निमेष निखिलले कवि क्षेत्रीको शान्त स्वभाव र आध्यात्मिक ज्ञानबाट प्रेरित भ‌एका र दार्शनिक भावका कविता लेखनमा अब्बल रहेको बताउनुभयो । साथै उहाँले कार्यरत अवस्थामा लेखिएका कविताका साथै पहिलो पुस्तक ‘एकान्त भीड’ का कविता र नयाँ कविताहरूले क्षेत्री कवितामा मात्रै नभ‌ई निबन्ध लेखनमा समेत कविता‌ झैँ उच्चकोटीको लेखन गर्ने क्षमता राख्ने बलशाली लेखक भ‌एको बताउनुभयो ।

प्रकाशित दोस्रो पुस्तक ‘यादको कोलाज’ माथि चर्चा गर्दै निखिलले पाठकको रोजाईमा हुनुपर्ने पुस्तकमध्ये सो पुस्तक छुट्न नहुने जानकारी दिनुभयो ।

नकारात्मकताबाट सकारात्मकतातर्फ, बाटो बिराइएकाबाट लय पकड्न, देश, माटो, प्रकृतिलाई सम्मान गर्दै उचित स्याहार र समाजलाई युगिन परिवर्तनतर्फ फर्काउने अभियान‌स्वरूप सङ्गठित युवाहरूको समूह नै फर्क अभियान हो । शुक्रबार बिर्तामोडमा चन्द्र गुरूङ र प्रकाश थाम्सुहाङसाथ ‘रिडर्स मीट’ कार्यक्रममा सरिक भ‌ई हेटौँडा आउनुभ‌एका कवि अमृत फर्क अभियानका एक सदस्य हुनुहुन्छ ।

यस अभियानमा पोखरेली स्रष्टाहरू कवि अमृत, मुक्तककार अमृता पोखरेल, रौतहटका कवि रमेश रसिक, मकवानपुरका सर्जकहरू बैकुन्ठ लामिछाने, मसान उपासक, सागर तिमल्सिना, सानु खनाल, स्वस्तिका बानिया, अजर फुयाल, सुबास सजल, अमृता लामिछाने र संप्रस पौडेल सहभागी हुनुहुन्छ ।

बाह्र जना श्रष्टाहरू समावेश यस समूहले साहित्य लेखनबाट आफ्ना उद्देश्यहरू पूरा गर्नमा कटिबद्ध हुने कार्यक्रम सञ्चालक तथा अर्का सदस्य मसान उपासकले अभियानकेन्द्रित गजल वाचनका साथ जानकारी दिनुभयो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x