साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकता विषयक लघुकथा अभियानको नतिजा सार्वजनिक

जीवन दाहाल र त्रिपुरा खरेल सदस्यका रूपमा सम्मिलित रहेको डा. कुसुमाकर शर्मा गाैतमको संयोजकत्वमा रहेको निर्णायक मण्डलले प्रतियोगी लघुकथा मध्ये उत्कृष्ट एघारको छिनोफानो गरेको हो ।

Nepal Telecom ad

उदयपुर, २०८० माघ ६ । लघुकथा प्रतिष्ठान, नेपालले पुस महिनामा सञ्चालन गरेको ‘लप्रने एकता विषयक लघुकथा अभियान’ मा सहभागी तीन दर्जन प्रतियोगी लघुकथा मध्ये एघार उत्कृष्ट लघुकथा घोषणा गरेको छ ।

उक्त अभियानमा प्रतियोगी र सहभागी सबै लघुकथा समेटी ‘सन्दर्भ लघुकथा प्रधान पत्रिका’को दशौं अङ्क प्रकाशन गरिने भएको छ । जीवन दाहाल र त्रिपुरा खरेल सदस्यका रूपमा सम्मिलित रहेको डा. कुसुमाकर शर्मा गाैतमको संयोजकत्वमा रहेको निर्णायक मण्डलले प्रतियोगी लघुकथा मध्ये उत्कृष्ट एघारको छिनोफानो गरेको हो ।

वर्णानुक्रम अनुसार उक्त लघुकथाहरूको सूची यस प्रकार छ । १. लघुकथा– एकता, तुलसी पण्डित । २. लघुकथा– होस्टेमा हैंसे, निर्मला बराल । ३. लघुकथा– एकता दिवस, प्रेम घिमिरे अग्निकवच, ४. लघुकथा– एकता, प्रेम पुन मगर । ५. लघुकथा– एकता, बाँस्कोटा धनञ्जय । ६. लघुकथा– एकता , रचना शर्मा । ७. लघुकथा– एकता, रामप्रसाद पन्थी । ८. लघुकथा– चन्द्रागिरी, रुद्र अधिकारी निर्दोषी । ९. लघुकथा– एकता, शान्ता तिम्सिना । १०. लघुकथा– एकता , शुक्रराज कुँवर । ११. लघुकथा– विकास, सविता भट्टराई ।

उक्त अभियान पुस महिनाभरि सञ्चालन भएको थियो । अभियानमा सहभागी हुन एकता विषयक लघुकथा प्रतिष्ठानको भित्तामा प्रेषण गर्नुपर्ने प्रावधान थियो ।

प्रतिष्ठानले मासिक रुपमा अभियान चलाइरहेको छ । यस्ता अभियानबाट सांस्कृतिक तथा ऐतिहासिक विषयवस्तु बारे सर्जकले सोचविचार गर्ने र जानकारी लिनेदिने अवसर मिल्ने बताउँछन् सञ्चालक सदस्य नन्दलाल आचार्य ।

दोस्रो चरणमा अभियानको सर्वोत्कृष्ट लघुकथा घोषणा हुने जानकारी दिँदै यस एकता विषयक अभियानका संयोजक टंकबहादुर आलेमगर भन्छन्- साहित्यका माध्यमबाट समाजको समुन्नतिमा भाग लिने र बौद्धिक क्रान्ति छेड्ने कामना यस्तो अभियान सरल माध्यम बनेको छ ।

कार्तिक महिनाको बुढ्यौली विषयक लघुकथा अभियानमा पीपी कोइरालाको डगल्याण्ड शीर्षकको लघुकथा, मंसिर महिनाको अपांगता विषयक लघुकथामा बासुदेव तिमल्सिनाको सोच शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको थियो ।

हरेक महिनाका बेग्लाबेग्लै अभियान संयोजक रहेको जानकारी दिँदै सञ्चालक सदस्य मनोहर पोखरेल भन्छन्- माघ महिनामा सहिद, फाल्गुन महिनामा प्रेमप्रणय, चैत्र महिनामा हास्य लघुकथा अभियान सञ्चालन गरिएको छ ।

सन्दर्भ पत्रिकाका प्रधान सम्पादक समेत रहेका नन्दलाल आचार्यका अनुसार हरेक अभियानमा सर्वाेत्कृष्ट हुने लघुकथाकारले प्रा.डा. मुकेशकुमार चालिसेको सौजन्यमा प्राप्त नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस अघि पीपी कोइरालाको डगल्याण्ड शीर्षकको लघुकथाले चट्याङ मास्टरको सौजन्यमा प्राप्त पन्ध्र हजार नगद प्राप्त गरेको थियो ।

२०७८ साल कार्तिक ३ गते स्थापना भएको लघुकथा प्रतिष्ठान, नेपाल लघुकथामा मलन समूह अर्थात मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यबाट सञ्चालित छ । दैनिक विज्ञबाट लघुकथा विमर्शको कार्यक्रम सञ्चालन गरी लघुकथाको उन्नयनमा क्रियाशील रहँदै आएको छ ।

०००
– लक्ष्मी रिजालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x