फित्काैली डटकमहास्यव्यङ्ग्यकार श्याम गाेतामेपत्नी पद्माकाे देहावसान
पद्मा गाैतमकै प्रयत्नले श्याम गाेतामेका फुटकर व्यङ्ग्य निबन्धहरूकाे पछिल्लाे कृति ‘सेन्स, कमन सेन्स र ननसेन्स‘ नामक सङ्ग्रह २०७९ मा प्रकाशित भएकाे थियाे ।

काठमाडाैं, २०८० माघ १२ । प्रशिद्ध हास्यव्यङ्ग्यकार श्याम गोतामेकी पत्नी पद्मा गौतमको यही माघ ८ गते देहावसान भएको छ ।
हास्यव्यङ्ग्यकार श्याम गोतामेको निधन २०५५ वैशाख १९ गते भएकाे थियाे । त्यसै दिन पशुपति अर्यघाटमा गाेतामेलाइ अन्तिम विदाइ गरी फर्केका हास्यव्यङ्ग्यकर्मीहरूकाे सङ्क्षिप्त भेलाले सिस्नुपानी नेपाल नामक हास्यव्यङ्ग्य संस्थाकाे स्थापना गरेका थिए ।
वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्रष्टा समाजमा ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान‘ स्थापना गरिएकाे थियाे । उक्त सम्मानले २०७९ मा वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई रू. २१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक प्रदान गरिएको थियाे ।
पद्मा गाैतमकै प्रयत्नले श्याम गाेतामेका फुटकर व्यङ्ग्य निबन्धहरूकाे पछिल्लाे कृति ‘सेन्स, कमन सेन्स र ननसेन्स‘ नामक सङ्ग्रह २०७९ मा प्रकाशित भएकाे थियाे ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नागे, स्रष्टा समाज संवद्ध श्रीओम श्रेष्ठ, हास्यव्यङ्ग्यकार रामकुमार पाण्डे लगायतले सञ्जालमार्फत दिवङ्गत गाेतामेपत्नी पद्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे छ ।
कीर्तिशेष हास्यव्यङ्ग्यकार श्याम गाेतामेलाई स्मरण गर्दै फित्काैली डटकम गाेतामेपत्नी पद्मा गाैतमप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दछ ।
०००
– तस्बिर : श्रीओम श्रेष्ठकाे सञ्जाल वालबाट ।
Subscribe
Login
0 Comments
Oldest







































