साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाखुसी साहित्य समाजको ११७ औँ शृङ्खला शहीद विशेष

प्रा. ज्ञाननिष्ठ ज्ञवाली र नारायण निरासी अतिथि रहनु भएको कार्यक्रममा प्रा. ज्ञाननिष्ठ ज्ञवालीले वाचन गरिएका रचनाहरूको समीक्षात्मक टिप्पणी गर्नु भएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ १४ । सामाखुसी साहित्य समाजको ११७ औँ शृङ्खला शहीद विशेष कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा र युवराज नयाँघरेको प्रमुख आतिथ्यमा लिङ्कन कलेज सामाखुसीमा संपन्न भयो ।

प्रा. ज्ञाननिष्ठ ज्ञवाली र नारायण निरासी अतिथि रहनु भएको कार्यक्रममा प्रा. ज्ञाननिष्ठ ज्ञवालीले वाचन गरिएका रचनाहरूको समीक्षात्मक टिप्पणी गर्नुका साथै दिनेश विक्रम थापाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

सर्वप्रथम आफ्नो देश माटो प्रति समर्पित भएर आफ्नो जीउज्यानको समेत पर्वाह नगरी ज्यान अर्पिने शहीद र जीवन पर्यन्त साहित्यमा तल्लिन भएर लागेका दिवङ्गत साहित्यकारहरूको आत्माले चिर शान्ति पाओस् भन्ने हेतुले एकमिनेट मौनधारण गरिएको थियो।

सो कार्यक्रममा नारायण निरासी, रामचन्द्र न्यौपाने वनवासी, सुशीला ढकाल अधिकारी, चन्द्रा न्यौपाने, मेनका पोखरेल, डा.मेघराज ढकाल, अरुण खत्री नदी, धरणीधर गुरागाईं, एलपी पराजुली, शैलेन्द्रकुमार शाह, उत्तम विचार, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, लुमडीप्रसाद खनाल, कृष्णप्रसाद पौडेल, शिवप्रसाद आचार्य, लव खड्का, वेद लावती आदि स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेर गोष्ठीलाई प्रफुल्लित बनाउनु भएको थियो।

प्रमुख अतिथि, अतिथि द्वयले सामाखुसी साहित्य समाजले निरन्तर साहित्यको योगदान गर्दै आएकोमा प्रशंसा गर्नुभएको थियो र सभापतिले सबै उपस्थित कविहरूमा आभार व्यक्त गर्दै शहीद सम्बन्धी आफ्नो रचना वाचन गरेर गोष्ठीको समापन गर्नुका साथै कार्यक्रम समाप्त भएको थियो।

०००
भाग्यशाली अधिकारीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x